घरेलु मदिराको ‘ब्रान्डिङ’ गर्दै मालिका  « Khabarhub

घरेलु मदिराको ‘ब्रान्डिङ’ गर्दै मालिका 


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले स्थानीय घरेलु रक्सीको ‘ब्रान्डिङ’ गर्ने नीति तथा कार्यक्रम बनाएको छ । दरवाङको छ्यारछ्यारेमा मंगलबार सुरु भएको १३औँ गाउँसभामा अध्यक्ष बेगप्रसाद गर्बुजाले घरेलु मदिरा ब्रान्डिङ गर्ने, बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने लगायतका विषय समेटिएका नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

अध्यक्ष गर्बुजाले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०-८१ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । कोदो, जौ, उवा, जंगली फलफूल चुत्रे, ऐसेलु, जानमान्द्रो प्रशोधन गरेर घरेलु मदिरा बनाउने व्यवसायलाई व्यवस्थित र आम्दानीको स्रोतका रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ । 

‘किसान चौतारी, जोतौँ खेतबारी’ कार्यक्रम सञ्चालन गरी बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन, कृषि औजार खरिदमा किसानलाई अनुदान दिने, विद्यालयको दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई प्राथमिकता दिने, गाँजो खेतीको सम्भाव्यता अध्ययन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद, लैङ्गिक समानता, आर्थिक विकास, उद्योग तथा पर्यटन विकास, कृषि तथा पशुपक्षी, सहकारी, सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास, खानेपानी तथा सरसफाइ, वातावरण तथा जलवायु परिवर्तन, विपद् व्यवस्थापन लगायतका क्षेत्र प्राथमिकता साथ समावेश भएका छन् । 

गाउँपालिकाले भौतिक पूर्वाधार विकासतर्फ सहरी योजना, बस्ती विकास, आवास तथा पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । जीवन उपयोगी सीपमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गर्ने नीति लिएको छ । 

खुल्ला बहुसांस्कृतिक र मगर सङ्ग्रहालयका रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्ने, युवालाई विदेश होइन बिजनेस भन्ने भावनाको जागृत तुल्याई स्वरोजगार बनाउने, मिर्गौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरूको निःशुल्क जाँच र उपचारको व्यवस्था मिलाउने नीति लिएको छ । 

पालिकाले औद्योगिक  प्रदर्शनी स्थलको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाउने, गाउँपालिका भित्रका पर्यटकीय स्थलहरूलाई जोड्नका लागि पर्यटकीय सडक सञ्जाल कार्यान्वयन प्रारम्भ गर्ने जनाएको छ । 

सडक, खानेपानी, सिँचाइतर्फ पर्याप्त योजनाहरू सञ्चालन गर्ने भएको छ । कम विकसित क्षेत्रलाई मूल प्रवाहमा ल्याउन आयोजना बैंक तयार गरी सोही अनुसार बजेट विनियोजन गर्ने नीति पालिकाले लिने भएको छ । 

अध्यक्ष गर्बुजाले सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्पअनुसार समस्त गाउँपालिकावासीको आवश्यकता र चाहनालाई ध्यानमा राखी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम तयार गरिएको बताए ।  

गाउँसभामा उपाध्यक्ष लक्ष्मी घर्ती पुनले पेस गरेको आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, सहकारी विधेयक, न्यायिकसम्बन्धी कार्यविधि व्यवस्थित गर्न बनेको विधेयक पनि पारित भएको छ । आर्थिक वर्ष २०८०-८१ को बजेट आगामी असार १० गते प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले बताए ।   

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १२ : २८ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको