दुई डिग्री सेन्टिग्रेड तापक्रम बढ्दा ४० प्रतिशत हिउँ लोप हुने खतरा  | Khabarhub Khabarhub

दुई डिग्री सेन्टिग्रेड तापक्रम बढ्दा ४० प्रतिशत हिउँ लोप हुने खतरा 


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एक अध्ययनका अनुसार पृथ्वीको सरदर तापमान एक दशमलव पाँचदेखि दुई डिग्री सेन्टिग्रेड बढेको अवस्थामा हिन्दकुश हिमालय क्षेत्रको ३० देखि ४० प्रतिशत हिउँ लोप हुने खतरा रहेको देखिन्छ ।

नेपालसहित आठ राष्ट्र सदस्य रहेको अन्तर-सरकारी निकाय अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले मंगलबार सार्वजनिक गरेको एक अध्ययनअनुसार विश्वको सरदर तापमानमा भएको बढोत्तरीका कारण पछिल्ला वर्षमा हिमनदी, हिउँ र हिउँ जमेको स्थानमा अभूतपूर्व परिवर्तन आएको देखिएको छ । 

 तीन हजार पाँच सय किलोमिटर लामो हिन्दकुश हिमालय शृङ्खलामा नेपालसहित अफगानिस्तान, बङ्गालादेश, भुटान, चीन, भारत, म्यानमार र पाकिस्तान गरी आठ मुलुक पर्दछन् । हिमनदीको क्षयिकरणको दर हिमालय क्षेत्रका विभिन्न भू-भागमा फरक–फरक रहने अध्ययनको प्रक्षेपण गरेको छ । यो शताब्दीको अन्त्यसम्ममा तीन डिग्री सेन्टिग्रेडले पृथ्वीको तापक्रम बढ्दा हिमालय क्षेत्रले ७५ प्रतिशत हिउँ गुमाउने र पृथ्वीको तापमान चार डिग्रीले बढ्दा यो ८० प्रतिशत पुग्ने आँकलन गरिएको छ ।

इसिमोडले सार्वजनिक गरेको ‘हिन्दकुश हिमालय क्षेत्रको पानी, हिउँ, समाज र पारिस्थिकीय प्रणाली’ शीर्षकको अध्ययन प्रतिवेदनमा उच्च भूभागमा पानी जमेको क्षेत्र, पानी, जैविक विविधता, समाजको अन्तरसम्बन्ध र यसको प्रभावबारे समीक्षा गरिएको छ । 

अध्ययनले पृथ्वीको तापमानमा भएको वृद्धिका कारण सन् २००० को दशकको तुलनामा सन् २०११ देखि २०२० सम्मको दशकमा हिमनदीहरूको क्षयीकरणको दर ६५ प्रतिशतले बढिरहेको देखाएको छ । हिउँ पग्लने प्रक्रियाका कारण यो शताब्दीको मध्यसम्म यो क्षेत्रमा पानीको मात्रा र प्रवाह अत्यधिक हुने र त्यसपछि क्रमशः अभाव हुँदै जाने आकलन अध्ययनमा छ । 

अध्ययनका प्रमुख लेखक तथा इसिमोडका वातावरण वैज्ञानिक फिलिपस वेस्टरले भनेका छन्, ‘पछिल्लो सय वर्ष अवधिमा हामी हिमनदी गुमाउँदै छौँ ।’ हिउँ र बरफ पग्लँदा यस क्षेत्रमा बसोबास गर्ने दुई अर्ब मानिसको जीवनयापन र विभिन्न प्रजाति लोप हुने खतरा रहेको अनुमान गरिएको छ । 

उच्चतम् उत्सर्जनको अवस्थामा ७४ प्रतिशत पानीका लागि हिम नदीमा निर्भर रहेको अमुदर्या नदी, ४० प्रतिशत पानीका लागि हिम नदीमा निर्भर रहेको इन्दुज नदी तथा ७७ प्रतिशत पानीका लागि हिमनदीमा निर्भर रहेको हेलमन्ड नदीमा पानीको प्रवाह नाटकीय हिसाबले घट्ने अध्ययनको आँकलन छ । 

हिन्दकुश हिमालय क्षेत्रबाट बग्ने १२ प्रमुख नदीका लागि हिमालय क्षेत्रको हिउँ र बरफ महत्वपूर्ण स्रोत रहँदै आएको छ । यी नदीले यस क्षेत्रका पहाडी भूभागमा बस्ने रु २४ करोड जनसङ्ख्यालाई स्वच्छ पानी तथा अन्य पारिस्थिकीय सेवा दिँदै आएका छन् भने तल्लो तटका एक अर्ब ६५ करोड मानिस यही स्वच्छ पानीमा आधारित छन् । 

उच्चतम भू-भागमा हिउँ जमेको जमिन घट्दै जाँदा यसले धेरै पहिरो जाने र उच्चतम् भूभागमा निर्माण भएका भौतिक संरचना संकटमा पर्ने, हिमतालमा विस्फोटको खतरा बढ्ने तथा विपद्का कारण ठूलो जनसङ्ख्या विस्थापित हुनेसमेत देखिएको छ । ‘भविष्यमा हुने हानी तथा नोक्सानीलाई सम्बोधन गर्न र समुदायको अनुकूलन क्षमता बढाउन तत्काल अन्तर्राष्ट्रिय सहयोग र क्षेत्रीय सहकार्य आवश्यक छ’, अध्ययनले भनेको छ ।

इसिमोडकी उपमहानिर्देशक इजाबेला कोजिएलले भनेका छन्, ‘हिन्दकुश र हिमालय क्षेत्रका हिमनदी पृथ्वीको प्रणालीको अभिन्न अंग हुन् । यसलाई गुमाउँदा हुने नोक्सानीलाई हिसाब गरी साध्य छैन । विश्वले यो संकटलाई रोक्न आवश्यक छ । तत्काल यो संकट न्यून गर्ने प्रयासका साथै अनुकूलन कोषको आवश्यकता, पारिस्थिकीय प्रणाली, पुनःस्थापना तथा हानिनोक्सानीका लागि थप वित्तीय परिचालन आवश्यक देखिएको छ ।’

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १ : १७ बजे

निजामती सेवा विधेयकमा थप छलफल गर्न गृहमन्त्रीले मागे ५-६ दिनको समय

काठमाडौं- गृहमन्त्री रमेश लेखकले निजामती विधेयकमा असहमति देखिएका विषयमा छलफल

सगरमाथा संवादका लागि भारतले दियो १५ वटा सवारी साधन 

काठमाडौं– नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणका

इजरायल–प्यालेस्टाइन युद्धमा पत्रकार मारिएकोप्रति प्रेस युनियनबाट दुःख व्यक्त

पोखरा– नेपाल प्रेस युनियनले गरेको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटका क्रममा

देशका १४ स्थानबाट ब्राउनसुगरसहित प्रयोगकर्ता पक्राउ

काठमाडौं – प्रहरीले देशका विभिन्न स्थानबाट १४ जना लागूऔषध प्रयोगकर्तालाई

व्यवसायीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याहरू