घोराहीका किसानलाई अनुदानमा कृषियन्त्र वितरण | Khabarhub Khabarhub

घोराहीका किसानलाई अनुदानमा कृषियन्त्र वितरण


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

देउखुरी– कृषि उपजको उत्पादन वृद्धि गर्ने र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले किसानलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । पालिकाले पचास प्रतिशत अनुदानमा ३६ पावर टेलर, २० मिनी पावर टेलर, एउटा रोडाभेटर र दुई वटा थ्रेसर मेसिन उपलब्ध गराएको हो ।

कृषिमा यान्त्रिकरणको सहायताले उत्पादन बढाउने र किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले अनुदानमा कृषि औजार वितरण गरिएको घोराही उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख चोपनारायण खनालले जानकारी दिए। उनका अनुसार ५० प्रतिशत अनुदानमा विभिन्न उपकरणका साथै ८५ प्रतिशत अनुदानमा ११ वटा पम्पसेट र १२ वटा मोटर हस्तान्तरण गरिएको छ ।

दाङको घोराही–२ सुनपुरका तिलक चौधरीले गोरुको सहायताले १५ कट्ठा जमिन जोत्दै आउनु भएको थियो । यसअघि उनलाई खेती गर्न समस्या परेको थियो । एकातिर गोरुको स्याहार गर्नु पर्ने र अर्कोतिर खेतबारीमा काम गर्नुपर्ने भएकाले समय व्यवस्थापनलगायत काममा उनलाई गाह्रो भएको थियो ।

‘एक हल गोरुले दिनभरी जोतेर खेती गर्नुपर्ने बाध्यता अब हटेको छ । पालिकाले पचास प्रतिशत अनुदानमा पावर टिलर दिएपछि खुसी लागेको छ । कृषि यान्त्रिकरणले समयको बचत हुनुका साथै काम गर्न पनि सहज भएको छ’, किसान चौधरीले भने ।

घोराही–९ कर्मटुवाका कलमती चौधरीले खेती गर्दा दुई हल गोरुको सहायता लिने गरेको बताइन्। एक बिघा पाँच कट्ठा जमिन जोतेर खेती गर्न उनलाई गाह्रो भएको थियो । उपमहानगरपालिकाले किसानलाई अनुदानमा कृषियन्त्र वितरण गर्ने सूचना थाहा पाएपछि उनले आवश्यक कागजपत्र पेस गरिन् । 

कलमतीले पावर टेलर अनुदानमा लैजान लागेको जानकारी दिइन्। गोरुले जोत्ने गरेकोमा अब मेसिनको प्रयोगले खेती गर्न सजिलो हुने उनको भनाइ थियो । ‘आफ्नो खेती सकियो भने अरुको खेती जोतेर पैसा कमाउने पनि सकिन्छ’, उनले भनिन् ।

कृषि विकास शाखा प्रमुख खनालका अनुसार एक करोड १९ लाख ८५ हजारमा बोलपत्र भएकामा रू ९५ लाख ९५ हजार नौ सय ९० बोलपत्र स्वीकृति भएको थियो । नगरको तर्फबाट रू ४९ लाख ७३ हजार चार सय ६० किसानलाई अनुदान दिइएको उनले जानकारी दिए। उनका अनुसार उपमहानगरपालिकाले १९ वडाका ६२ किसानलाई ४० लाख बराबरको कृषिऔजार उपकरण वितरण गरेको हो । 

किसानलाई कृषि औजार वितरण गर्दै नगर प्रमुख नरुलाल चौधरीले कृषियन्त्रको सदुपयोग गर्दै कृषि तथा पशुपालन क्षेत्रको परिवर्तन गर्न र कृषिमा आत्मनिर्भर हुन आग्रह गरे । कृषिमा आधुनिकीकरणका लागि प्रविधिमा सहयोग गरिएको जनाउँदै उनले उत्पादनमा वृद्धि हुन नसके उपलब्धि नहुने बताए ।

घोराही उपमहानगरपालिकाले पछिल्लो चार वर्षमा पालिकाका एक सय ६८ किसानलाई विभिन्न कृषि उपकरण वितरण गरेको उपमहानगरपालिकाको कृषि शाखाले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १ : ४४ बजे

मुलुकलाई सही दिशामा ल्याएपछि मात्रै गठबन्धन टुङ्गिन्छ : मन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई सही

बुढासुब्बा गोल्डकपः ‘सडन डेथ’मा धरानलाई हराउँदै युके एफसी सेमिफाइनलमा

सुनसरी – धरान फुटबल क्लबलाई ‘सडन डेथ’मा ७–६ गोल अन्तरले

मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

ताप्लेजुङ – ताप्लेजुङमा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका

जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो

गोदावरी – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति