मध्यबिन्दुका किसानलाई अनुदानमा ट्रयाक्टर हस्तान्तरण  « Khabarhub

मध्यबिन्दुका किसानलाई अनुदानमा ट्रयाक्टर हस्तान्तरण 


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिकाले किसान समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा ट्रयाक्टर हस्तान्तरण गरेको छ । 

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार २० बिघाभन्दा बढी क्षेत्रमा खेती गर्ने किसान समूह र कृषि सहकारीलाई अनुदानमा ट्रयाक्टर हस्तान्तरण गरेको मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले जानकारी दिए।

मध्यबिन्दु– ७ को आत्मनिर्भर कृषि सहकारी संस्था लिमिटेड मध्यबिन्दु–१५ को कोलकट्टा किसान समूहलाई ट्रयाक्टर हस्तान्तरण गरिएको हो । ट्रयाक्टरलाई आवश्यक रोडाभेटर र हलो पनि हस्तान्तरण गरिएको छ । ट्रयाक्टर खरिदमा नगरपालिका र समूहले रु सात लाख १३ हजार पाँच सयका दरले खर्च गरेको कृषि विकास शाखा मध्यबिन्दुका कृषि अधिकृत अक्षय वाग्लेले बताए ।

मुख्य कृषि बाली धान रोप्ने समयमा नगरपालिकाले दिएको अनुदानले सहकारीमा आवद्ध र छिमेकी स्थानीय किसान लाभान्वित हुने आत्मनिर्भर कृषि सहकारी संस्थाका अध्यक्ष दीपक पंगेनीले बताए ।

‘नगरपालिका कृषि जोन तथा पकेट क्षेत्रका स्थानीय किसानलाई लक्षित गरी कृषि एम्बुलेन्स कार्यक्रम सञ्चालनको अन्तिम चरणमा छ’, नगर प्रमुख अधिकारीले भने । किसानले उत्पादन गरेको कृषि उत्पादन स्थानीय संकलन केन्द्र र केन्द्रबाट बजारसम्म पुर्‍याउन सहजता ल्याउन कृषि एम्बुलेन्स प्रदान गर्ने गरी योजना निर्माण गरेर कार्यान्वयनको चरणमा रहेका उनले बताए । 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  २ : ११ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता