मध्यबिन्दुका किसानलाई अनुदानमा ट्रयाक्टर हस्तान्तरण  | Khabarhub Khabarhub

मध्यबिन्दुका किसानलाई अनुदानमा ट्रयाक्टर हस्तान्तरण 


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिकाले किसान समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा ट्रयाक्टर हस्तान्तरण गरेको छ । 

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार २० बिघाभन्दा बढी क्षेत्रमा खेती गर्ने किसान समूह र कृषि सहकारीलाई अनुदानमा ट्रयाक्टर हस्तान्तरण गरेको मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले जानकारी दिए।

मध्यबिन्दु– ७ को आत्मनिर्भर कृषि सहकारी संस्था लिमिटेड मध्यबिन्दु–१५ को कोलकट्टा किसान समूहलाई ट्रयाक्टर हस्तान्तरण गरिएको हो । ट्रयाक्टरलाई आवश्यक रोडाभेटर र हलो पनि हस्तान्तरण गरिएको छ । ट्रयाक्टर खरिदमा नगरपालिका र समूहले रु सात लाख १३ हजार पाँच सयका दरले खर्च गरेको कृषि विकास शाखा मध्यबिन्दुका कृषि अधिकृत अक्षय वाग्लेले बताए ।

मुख्य कृषि बाली धान रोप्ने समयमा नगरपालिकाले दिएको अनुदानले सहकारीमा आवद्ध र छिमेकी स्थानीय किसान लाभान्वित हुने आत्मनिर्भर कृषि सहकारी संस्थाका अध्यक्ष दीपक पंगेनीले बताए ।

‘नगरपालिका कृषि जोन तथा पकेट क्षेत्रका स्थानीय किसानलाई लक्षित गरी कृषि एम्बुलेन्स कार्यक्रम सञ्चालनको अन्तिम चरणमा छ’, नगर प्रमुख अधिकारीले भने । किसानले उत्पादन गरेको कृषि उत्पादन स्थानीय संकलन केन्द्र र केन्द्रबाट बजारसम्म पुर्‍याउन सहजता ल्याउन कृषि एम्बुलेन्स प्रदान गर्ने गरी योजना निर्माण गरेर कार्यान्वयनको चरणमा रहेका उनले बताए । 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  २ : ११ बजे

शुक्लाफाँटामा १० शय्याको नगर अस्पताल अन्तिम चरणमा

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल निर्माण

इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण ओमानमा हुने

एजेन्सी– इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता

टीआरसी छनोट प्रक्रिया खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं– टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न

कम्युनिष्ट आन्दोलन निष्ठातर्फ अघि बढाउन चुनौति : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई

महिलाले पनि बलात्कार गर्न सक्छन् : कानून मन्त्रालय

काठमाडौं– समाजमा पुरानो उखानै छ– नेपालको कानून दैव जानुन् !