प्रतिनिधिसभा बैठक : बाढीपहिरोका कारण भएको क्षतिबारे सरकारको ध्यानाकर्षण « Khabarhub

प्रतिनिधिसभा बैठक : बाढीपहिरोका कारण भएको क्षतिबारे सरकारको ध्यानाकर्षण


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद उर्मिला थेबेले यही असार २ गतेदेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुमलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराइन्। उनले बाढीमा परेर बेपत्ता भएकाहरूको चाँडो खोजी  गर्न सरकारलाई आग्रह पनि गरिन् । 

सांसद ईश्वरीदेवी न्यौपानेले भनिन्, ‘अनागरिक हुनाको पीडा नागरिकताबाट वञ्चित हुनेलाई मात्रै थाहा हुन्छ, नागरिकताविहीन नागरिकको रोदन मिश्रित एसएमएसले हाम्रो मोबाइल भरिएको छ, छोरीछोरी नेपाली भएर पनि बैंकमा खाता खोल्नै पाउँदैनन्, उच्च शिक्षाका लागि विदेश जान सक्दैनन्, कलेज टप भए पनि नागरिकताको प्रमाणपत्र नहुँदा छात्रवृत्ति पाउँदैनन् ।’

सांसद उर्मिला माझीले लमजुङ जिल्लामा दर्जनभन्दा बढी होइड्रोपावर भए पनि दिनमा सयौँ पटक लाइन जाने आउने समस्याका कारण त्यहाँका जनता मर्कामा पर्ने गरेको बताइन् । सांसद एकनाथ ढकालले गोरखा जिल्लामा समग्र पर्यटनको विकासका निम्ति सरकारलाई आग्रह गरे । सांसद कालुराम राईले अपांगता भएका व्यक्तिको सामाजिक न्यायलाई सुनिश्चित गर्न माग गरे । सांसद गणेश पराजुलीले तराई र पहाडका जिल्लामा बाढी, पहिरो र डुबान भइरहेकाले  विपत् व्यवस्थापनका लागि  पूर्वतयारीमा सक्रिय हुन सरकारलाई  आग्रह गरे । 

सांसद गीता बस्नेतले यस पटकको बजेटमा अन्य सवारी साधन छुटको विषय आए पनि किसानको उत्पादित वस्तुको ढुवानीको सवालमा कुनै छुटको कुरा आउन नसकेकामा  गुनासो गरिन्। सांसद गोमालाभ सापकोटाले देशैभरि भएको यौन शोषण, महिला हिंसाका घटनालाई सरकारले न्यूनीकरण गर्नुपर्ने धारणा व्यक्त गरे ।

सांसद चन्द्रबहादुर विश्वकर्माले सिरहा, बैतडीलगायत जिल्लामा दलित समुदायमाथि जातीय भेदभाव तथा छुवाछूतका घटना हुने गरेको बताए ।

सांसद कुसुमदेवी थापा,  छिरिङ लामा तामाङ, ज्वालाकुमारी साह, छिरिङ डम्डुल लामा (भोटे), किरणकुमार शाह, ऐनबहादुर शाही ठकुरी, जुलीकुमारी महतो, गङ्गा कार्की र चन्दा कार्कीले पनि मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  २ : ५८ बजे

संविधानका थुप्रै कुरा बदल्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानका थुप्रै कुरा बदल्नुपर्ने

यो कांग्रेसभित्र गुटको किल्ला भत्काउने अभियान हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन पार्टीको गुटभित्रको

इरान तनाव चर्किँदै, मृतकको सङ्ख्या ५४४ पुग्यो

दुबई– इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सङ्ख्या कम्तीमा

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी 

काठमाडौं– मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा

शर्माको प्रस्ताव : एक व्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री विश्व प्रकाश शर्माले प्रधानमन्त्री