सेयर बजारमा दोहोरो अंकको गिरावट « Khabarhub

सेयर बजारमा दोहोरो अंकको गिरावट


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । परिसूचक १४ दशमलव ०५ अंकले घटेर दुई हजार ५० दशमलव ७८ को बिन्दुमा कायम भएको हो ।

आज विभिन्न दुई सय ७१ कम्पनीका ८६ लाख ५१ हजार एक सय ६४ कित्ता शेयर तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार दुई सय ६० बराबरको कारोबार भएको छ ।

यो दिनको कारोबारमा होटल तथा पर्यटन, जीवन बीमा उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन समूह दुई सय ३९ दशमलव ५१, जीवन बीमा ११ दशमलव ९६, उत्पादन तथा प्रशोधन १५ दशमलव ०१ र व्यापार समूह दुई दशमलव ३६ अंकले बढेको छ ।

 सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचकमा ५२ दशमलव ०५ अंकको गिरावट देखिएको छ । त्यस्तै बैंकिङ नौ दशमलव ९९, वित्त २८ दशमलव ०४, जलविद्युत् ४१ दशमलव ८७, लगानी एक दशमलव २०, लघुवित्त ४० दशमलव ३८, म्युचुअल फन्ड शून्य दशमलव १३, निर्जीवन बीमा शून्य दशमलव ८३ र अन्य समूह सात दशमलव ३० अंकले घटेको छ ।

सिटी होटल लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतको वृद्धि देखिएको छ । सबैभन्दा धेरै गुमाउनेमा भने ग्रीन भेञ्चर्स लिमिटेडको शेयर मूल्यमा छ दशमलव ९८ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २३ करोड छ लाख ४१ हजार तीन सय २७ बराबरको चार लाख २३ हजार एक सय ९८ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ३ : ३१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।