गोलीबारीमा चार इजरायलीको मृत्यु « Khabarhub

गोलीबारीमा चार इजरायलीको मृत्यु


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

तेल अवीव– एली समुदाय नजिकैको ग्यास स्टेशनमा मंगलबार दुई प्यालेस्टाइनीहरूले गोली चलाउँदा चार इजरायलीको मृत्यु भएको छ  भने अन्य चार घाइते भएका छन्।

चारैजनालाई आपतकालीन उद्धारकर्ताहरूले घटनास्थलमै मृत घोषणा गरेका थिए। अन्य चारजनालाई अस्पतालमा भर्ना गरिएको छ जसमा एकको अवस्था गम्भीर छ, दुईजना सामान्य घाइते छन् । इजरायल डिफेन्स फोर्सले जनाए अनुसार चार जना घाइते मध्ये एक आम नागरिक  हुन् । 

सेनाले एलीको १,००० बासिन्दाहरूलाई उनीहरूको घरमा बस्न र ढोका र झ्यालहरू बन्द गर्न भनेको छ । यसैबीच रक्षा मन्त्री योभ ग्यालान्टले स्थितिबारे छलफल गर्न वरिष्ठ रक्षा अधिकारीहरूसँग बैठक गर्ने बताएका छन्।

आइतबार जेनिनमा भएको भीषण झडपपछि जुडिया र सामरियामा तनाव बढेको छ। सशस्त्र समूहहरूले सडक मुनि गाडिएको ४० किलो बम निस्तेज पारेको छ ।
यता हमासका प्रवक्ताले आक्रमणको प्रशंसा गरेका छन् ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ३ : ४५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको