राहदानी वितरण कार्यलाई सहज बनाउने प्रयास भइरहेको छ : परराष्ट्रमन्त्री « Khabarhub

राहदानी वितरण कार्यलाई सहज बनाउने प्रयास भइरहेको छ : परराष्ट्रमन्त्री


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले राहदानी वितरण कार्यलाई थप सहज बनाउने प्रयास भइरहेको बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री साउदले समयमा नै राहदानी छपाई प्रक्रिया अघि बढाएर सहज रुपमा राहदानी वितरण गर्ने प्रयास भइरहेको जानकारी दिएका हुन् । उनले मासिक औसत १ लाख २० हजार राहदानी वितरण भइरहेको र अहिले चार महिनाका लागि पुग्ने राहदानी मौज्दात रहेको बताए । 

५० लाख राहदानी छाप्नका लागि टेन्डर भएपनि सरकार आफैले छाप्ने भनेर २० लाख मात्रै छापिएको अवस्थामा सुरक्षण मुद्रण प्रेसको विवादका कारण राहदानी छाप्ने कार्य रोकिएको उनले बताए । अन्तर्राष्ट्रिय मापदण्ड कार्यविधि भित्र रहेर सुरक्षित रुपमा छाप्नुपर्ने भएकाले छपाई प्रक्रियामा केही समय लाग्ने मन्त्री साउदको भनाइ छ । त्यस्तै मन्त्री साउदले अर्थ मन्त्रालयबाट ओएनएम सर्वेका लागि सहमति लिएको भएपनि कर्मचारी संख्या नबढ्ने गरी सर्वे गर्नु भनेपछि समस्या भएको जिकिर गरे ।

बैठकमा समिति सदस्यहरूले राहदानी वितरणमा हुनेगरेको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । समिति सदस्य एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले राहदानीको छपाईको प्रक्रियामा समयको ध्यान दिन सुझाव दिए । ठेक्का पट्टामा मूल्यवृद्धि गर्ने काम हुने भएकाले समयमा नै छपाइ गरे मूल्य कम हुन सक्नेतर्फ ध्यान दिन उनले आग्रह गरे । उनले राहदानी वितरणमा बिचौलियाको प्रभावलाई अन्त्य गर्नुपर्ने बताए ।

त्यस्तै समिति सदस्य वर्षमान पुनले राहदानीका बारेमा आवश्यक जानकारी जनतालाई दिनुपर्ने बताए । ५० लाख राहदानी छाप्नका लागि टेन्डर हुँदा पनि २० लाख छापिँदा राहदानीको अभाव हुने अवस्था पैदा भएको भन्दै उनले सरकारका तर्फबाट बेलैमा उचित व्यवस्था गर्नुपर्ने धारणा राखे । 

बैठकमा अन्य समिति सदस्यहरूले छपाई र वितरण प्रक्रियालाई पारदर्शी गर्दै नागरिकलाई सहज रुपमा राहदानी उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए । 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ४ : ०० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया