रुसको बारुद कारखानामा विस्फोट हुँदा ४ जनाको मृत्यु | Khabarhub Khabarhub

रुसको बारुद कारखानामा विस्फोट हुँदा ४ जनाको मृत्यु


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा रहेको बारूद कारखानामा विस्फोटपछि आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा अरु दुई जना घाइते भएका छन् ।

कोटोभस्क शहरमा रहेको बारूद कारखानाको भवनमा विस्फोट भएको हो । विस्फोटबाट लागेको आगो केही समयपछि निभाइएको तास समाचार एजेन्सीले जनाएको छ ।

‘मानवीय त्रुटिका कारण उक्त घटना भएको थियो । म कुनै शङ्का नगरी भन्न सक्छ– यो आतङ्कवादी हमला थिएन । यद्यपि त्यहाँ कुनै हताहती भने भएन’ ताम्बोभ क्षेत्रका प्रमुख म्याक्सिम येगोरोभले भनेका छन् ।

उनले दुर्घटनाबाट प्लान्टका कामदार वा छिमेकी बस्तीका बासिन्दाहरूलाई कुनै पनि खतरा नरहेको बताएका छन् । दुर्घटना बारे छानबिन भइरहेको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ५ : २९ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका