समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्न एमाले अघि बढिरहेको छ : ओली « Khabarhub

समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्न एमाले अघि बढिरहेको छ : ओली


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न एमाले अघि बढिरहेको बताएका छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले देश बनाउने एकमात्रै पार्टी एमाले भएको भन्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न अघि बढिरहेको जिकिर गरे ।

 देशप्रति समर्पित पार्टी एमालेभित्र बेठिक मान्छे पनि हुन सक्ने भएपनि त्यस्ता मान्छेहरू आफै पतन भएर जाने र पार्टी झन मजबुत भएर अघि बढ्ने उनले बताए । उनले प्राकृतिक स्रोतको धनी राष्ट्र नेपाल गरिब हुनुपर्ने कारण नभएको भन्दै यस परिस्थितिलाई बदल्नुपर्ने धारणा राखे ।

कार्यक्रममा ओली कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायतका दलबाट आएका बिभिन्न जिल्लाका नेता कार्यकर्तालाई एमाले प्रवेश गराएका थिए । 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ६ : ०८ बजे

विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

काठमाडौं– संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित

भारतमा फेरि प्रदर्शन

काठमाडौं- मतदाता नामावलीमा संशोधनसँग सम्बन्धित विषयलाई लिएर भारतका प्रमुख निर्वाचन

दुई वर्षमा एउटा मात्रै फिल्म किन गर्छिन् श्रद्धा कपूर ? 

काठमाडौं– बलिउडमा कलाकारको सफलता मापन गर्ने एउटा प्रमुख आधार बक्स

आनी छोइङको नियुक्तिप्रति दिनेश त्रिपाठीको आपत्ति, भने- सरकारको जवाफ चाहियो

काठमाडौं– लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर वरिष्ठ

द्रौपदीलाई बार डान्सरको रूपमा देखाएपछि विवादमा ‘पाँच पाण्डव’

काठमाडौं– महाभारतका पाँच पाण्डव र द्रौपदीको नामलाई आधुनिक नेपाली समाजसँग