साफ च्याम्पियनसिप फुटबलमा नेपाल कुवेतसँग पराजित | Khabarhub Khabarhub

साफ च्याम्पियनसिप फुटबलमा नेपाल कुवेतसँग पराजित


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ च्याम्पियनसिप फुटबलको बुधबार भएको उद्घाटन खेलमा नेपाल कुवेतसँग ३-१ गोलले पराजित भएको छ ।

भारतको बेंगलुरुस्थित श्री कान्तिरेभा रंगशालामा सम्पन्न खेलमा कुवेतलाई जित दिलाउन खलिद हाजिया, सबाइब अलखाल्दी र मोहम्मद अब्दुल्लाहले एक-एक गोल गरे । नेपालका लागि अञ्जन विष्टले एक गोल फर्काएका थिए ।

खेलको अधिकांश समय बलमाथि नियन्त्रण बनाएको कुवेतका लागि कप्तान खलिद हाजियाले गोल गर्दै अग्रता दिलाएका थिए । २३ औं मिनेटमा फवाज अलोटाइबीले प्रहार गरेको कर्नरबाट आएको बलमा कप्तान हाजियाले हेडमार्फत गोल गरेका थिए । 

४१औं मिनेटमा कुवेतका सबाइब अलखाल्दीले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारेका थिए । अलखाल्दीले बायाँतर्फबाट आएको लोअर क्रसलाई नियन्त्रणमा लिँदै नेपाली टिमबाट रक्षापंक्तिमा रहेका विमल पाण्डेको चुनौतीलाई सहजै बिट गर्दै कुवेतका लागि दोस्रो गोल गरेका हुन् । 

६५ औं मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमार्फत गोल गर्दै कुवेतलाई ३-० सहज स्थितिमा पुर्‍याएका थिए । 

६८ औं मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपालका लागि एक गोल जोडेका थिए । 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ६ : १७ बजे

विद्यालयलाई आर्थिक सहयोग

तनहुँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१