सोह्रौँ योजनाका लागि सुझाव लिँदै आयोग « Khabarhub

सोह्रौँ योजनाका लागि सुझाव लिँदै आयोग


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि आयोगका पूर्वउपाध्यक्ष, पूर्वसदस्य तथा विज्ञसँग सुझाव लिएको छ ।

१६औँ योजना कस्तो बनाउने भन्ने विषयमा आज काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरेर आयोगले पूर्वउपाध्यक्ष तथा विज्ञसँग सुझाव लिएको हो । आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौँ योजना तर्जुमाको तयारीसमेत सुरु गरेको छ ।

कार्यक्रममा आयोगका पूर्वउपाध्यक्ष डा युवराज खतिवडाले आर्थिक वृद्धिको धेरै महत्वकाङ्क्षी लक्ष्य राख्न नहुने बताए । अहिलेको अवस्थामा बढीमा ७ वा ७.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पर्याप्त हुने उनको भनाइ छ ।

उनले ८ प्रतिशतको लक्ष्य राख्ने हो भने निर्यातमा पूर्ण रुपमा जोड गर्नुपर्ने बताए । पूर्वउपाध्यक्ष पृथ्वीराज लिगलले लक्ष्यअनुसारको आर्थिक वृद्धि नहुने गरेको भन्दै आर्थिक वृद्धिको लक्ष्य ठिक्क मात्रै राख्नु उपयुक्त हुने बताए ।

कृषि क्षेत्र धेरै ठूलो क्षेत्र रहेको भन्दै उनले यस क्षेत्रका सम्भावनालाई योजनाले समेट्नुपर्ने बताए । पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाले अनुदानको रकम दुरुपयोग रोक्ने र प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बताए ।

पूर्वउपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले अबका योजना उत्पादनमुखी हुनुपर्ने भन्दै हरेक ठाउँको माटो परीक्षण गरेर के उत्पादन हुन्छ त्यही बालीमात्रै उत्पादन गर्ने नीति लिनुपर्ने बताए । पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेल, पूर्वसदस्य डा जनकराज शाह, डा गोविन्द नेपालले पनि योजना बनाउँदा भद्दा बनाउन नहुनेमा जोड दिए ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्रकी डिन डा कुसुम शाक्यले सहकारी र बैंकमा ठूलो रकम रहेकाले सो पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउन जोड दिनुपर्ने बताइन् । त्रिवि अर्थशास्त्र विभागका प्रमुख डा शिवराज अधिकारीले आयोगले उत्पादन र अर्थतन्त्रमा योगदान दिने खालको योजना बनाउनुपर्ने बताए ।

आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले संरचनात्मक रुपान्तरणमार्फत सुशासन, समृद्धि र सामाजिक न्याय हासिल गर्ने राष्ट्रिय आकाङ्क्षाका साथ सोह्रौँ योजनाको तयारी सुरु गरिएको जानकारी दिए ।

अर्थतन्त्रमा रहेका चुनौतीको सामना गर्दै सोह्रौँ योजनाको काम सम्पन्न गर्नुपर्ने भन्दै उनले विज्ञहरुको सुझाव लिएर काम अघि बढाइने बताए । आयोगले आज पहिलो चरणको छलफल गरेको हो । छलफल शुक्रबारसम्म जारी रहनेछ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ७ : ३६ बजे

एकीकृत परिवार योजना शिविर : महिलालाईभन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा– पछिल्ला वर्षहरूमा धनुषास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई

बद्री पाण्डे भन्छन् : सहमतिको बिन्दु भेटिन्छ, शीर्ष तहबाट कुरा टुङ्गिनेमा विश्वस्त छौँ

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवाद शीर्ष तहका नेताहरू बसेर टुङ्ग्याउने

मनोनयन दर्ता सकियो, यस्तो छ भृकुटीमण्डपको चहलपहल (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन चौथो दिनमा पुग्दा मनोनयन

स्रोत नखुलेको अमेरिकी डलरसहित एकजना पक्राउ

कमलामाई– सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी

यात्रुले आपतकालीन ढोका खोल्दा बुद्धको जहाज रोकियो

काठमाडौं– यात्रुले जहाजको आपतकालीन ढोका खोल्दिँदा बुद्ध एयरको उडान नै