सोह्रौँ योजनाका लागि सुझाव लिँदै आयोग « Khabarhub

सोह्रौँ योजनाका लागि सुझाव लिँदै आयोग


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि आयोगका पूर्वउपाध्यक्ष, पूर्वसदस्य तथा विज्ञसँग सुझाव लिएको छ ।

१६औँ योजना कस्तो बनाउने भन्ने विषयमा आज काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरेर आयोगले पूर्वउपाध्यक्ष तथा विज्ञसँग सुझाव लिएको हो । आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौँ योजना तर्जुमाको तयारीसमेत सुरु गरेको छ ।

कार्यक्रममा आयोगका पूर्वउपाध्यक्ष डा युवराज खतिवडाले आर्थिक वृद्धिको धेरै महत्वकाङ्क्षी लक्ष्य राख्न नहुने बताए । अहिलेको अवस्थामा बढीमा ७ वा ७.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पर्याप्त हुने उनको भनाइ छ ।

उनले ८ प्रतिशतको लक्ष्य राख्ने हो भने निर्यातमा पूर्ण रुपमा जोड गर्नुपर्ने बताए । पूर्वउपाध्यक्ष पृथ्वीराज लिगलले लक्ष्यअनुसारको आर्थिक वृद्धि नहुने गरेको भन्दै आर्थिक वृद्धिको लक्ष्य ठिक्क मात्रै राख्नु उपयुक्त हुने बताए ।

कृषि क्षेत्र धेरै ठूलो क्षेत्र रहेको भन्दै उनले यस क्षेत्रका सम्भावनालाई योजनाले समेट्नुपर्ने बताए । पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाले अनुदानको रकम दुरुपयोग रोक्ने र प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बताए ।

पूर्वउपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले अबका योजना उत्पादनमुखी हुनुपर्ने भन्दै हरेक ठाउँको माटो परीक्षण गरेर के उत्पादन हुन्छ त्यही बालीमात्रै उत्पादन गर्ने नीति लिनुपर्ने बताए । पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेल, पूर्वसदस्य डा जनकराज शाह, डा गोविन्द नेपालले पनि योजना बनाउँदा भद्दा बनाउन नहुनेमा जोड दिए ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्रकी डिन डा कुसुम शाक्यले सहकारी र बैंकमा ठूलो रकम रहेकाले सो पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउन जोड दिनुपर्ने बताइन् । त्रिवि अर्थशास्त्र विभागका प्रमुख डा शिवराज अधिकारीले आयोगले उत्पादन र अर्थतन्त्रमा योगदान दिने खालको योजना बनाउनुपर्ने बताए ।

आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले संरचनात्मक रुपान्तरणमार्फत सुशासन, समृद्धि र सामाजिक न्याय हासिल गर्ने राष्ट्रिय आकाङ्क्षाका साथ सोह्रौँ योजनाको तयारी सुरु गरिएको जानकारी दिए ।

अर्थतन्त्रमा रहेका चुनौतीको सामना गर्दै सोह्रौँ योजनाको काम सम्पन्न गर्नुपर्ने भन्दै उनले विज्ञहरुको सुझाव लिएर काम अघि बढाइने बताए । आयोगले आज पहिलो चरणको छलफल गरेको हो । छलफल शुक्रबारसम्म जारी रहनेछ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ७ : ३६ बजे

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक

प्रधानमन्त्रीले आफ्नै सांसदको विश्वास लिन सक्नुभएन, अनुहारै हेर्नुहुन्न : प्रचण्ड

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले