मेडिकल काउन्सिलको लोगो कीर्ते गरेको आरोपमा दुई जना पक्राउ | Khabarhub Khabarhub

मेडिकल काउन्सिलको लोगो कीर्ते गरेको आरोपमा दुई जना पक्राउ


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल मेडिकल काउन्सिलको लोगो कीर्ते गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्कीका २४ वर्षीय नविन पौडेल र २४ वर्षकै आशिष अधिकारी रहेका छन् । प्रहरीले बुधबार उनीहरूलाई बानेश्वरबाट पक्राउ गरेको हो ।

पीफीए एसोसियसन प्रालि नामक इन्स्टिच्युटले नेपाल मेडिकल काउन्सिलको स्वीकृति विना काउन्सिलको लोगो, नाम र परीक्षा प्रश्नपत्रको ढाँचा प्रयोग गरेर तयारी कक्षा सञ्चालन गरेको पाइएपछि उनीहरू पक्राउ परेका हुन् ।

थप कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसरमा पठाइएको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ९ : १५ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन