सरकारले समर्थन गरेको मूल्यमा धान बिक्री नहुँदा किसान दुविधामा | Khabarhub Khabarhub

सरकारले समर्थन गरेको मूल्यमा धान बिक्री नहुँदा किसान दुविधामा


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– सरकारले धानको सर्मथन मूल्य तोके पनि बारा जिल्लामा भने धान खरिदकर्ता र किसानहरू दुविधामा परेका छन ।

सरकारले धान खरिदकर्ता सहकारी र व्यापारीहरूलाई अनुदान नदिएसम्म समर्थन मूल्यमा धान किन्न नसकिने बारा जिल्लाका धान खरिदकर्ताहरूले बताएका छन ।

हालैमात्र सरकारले मोटा प्रजातिका दानहरू, बिजी, राधा ४, सारो, सोनाको खरिद समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ तोकेको छ यो गत वर्षको तुलनामा ३ सय ३० रुपैयाँले बढी हो । स्थानीय बजारमा मोटा प्रजातिका धानको मूल्य २८ सयदेखि २९ सय प्रतिक्विन्टल रहेको साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्री लाल सहनीले जानकारी दिए ।

यस्तै मध्यम प्रजातिका धानहरुमा सोना मनसुली, सावित्री लगायत धानको खरिद मूल्य ३ हजार ३६२ रुपैयाँ प्रतिक्विन्टल तोकिएको छ । यो मूल्य गत वर्षको तुलनामा २ सय ३४ रुपैयाँ बढी हो । सरकारको मातहतको खाद्य संस्थानले पहुँचवाला र आफ्नो अनुकुल अनुसार समर्थन मूल्यमा धान खरिद गर्ने डुमरवानाका किसान माधव पाण्डेको आरोप छ । 

सरकारमा कर्मचारीतन्त्र हाबी भएकाले साना किसानलाई त धानको समर्थन मूल्य तोकेकोमा ‘कागलाई बेल पाक्यो हर्ष न बडाई’ भने जस्तो भएको उनको भनाई छ । 

गत वर्ष बाराका किसानले सरकारी मूल्य पाउने आशामा खाद्य संस्थान वीरगञ्जमा बेच्न लगेको धान विभिन्न कारण देखाएर संस्थानले खरिद गर्न नकिने बताए पछि व्यापारीको मूल्यमा बेच्न बाध्य भएको किसान मनहर्वाका प्रदिप मगरले गुनासो गरे । 

यता तराईको धानको मूल्य भने सरकारले तोके जस्तो नहुने र भारतको मूल्यमा निर्भर हुने भएकाले समर्थन मूल्यमा सरकारले नै खरिद गर्नुपर्ने संघका अध्यक्ष मिश्रीलाल सहनी बताए ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ७ : ०८ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्