सम्बन्ध सुधार्न अमेरिकासँग वार्ता गर्न चीन तयार  « Khabarhub

सम्बन्ध सुधार्न अमेरिकासँग वार्ता गर्न चीन तयार 


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरलाई आफ्नो देश अमेरिकासँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

उनले ५० वर्ष अघि दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गरेर गरेको सम्बन्धलाई सुधार्नका लागि सहयोग गर्न दिग्गज अमेरिकी कूटनीतिज्ञलाई आग्रहसमेत गरेका छन् ।

किसिङ्गर अहिले बेइजिङ भ्रमणमा छन् । यसै महिनाको सुरुमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अर्थमन्त्री जेनेट येलेनको भ्रमणपछि उनी यहाँ आएका हुन् । यस बाहेक वासिङ्टनका उच्च जलवायु दूत जोन केरीले पनि सम्बन्ध सुधार्न चीनको भ्रमण गरेका छन् ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथै वर्तमान राष्ट्रपति जो बाइडेनले पनि चीन विरुद्ध कडा नीतिहरू अपनाएका छन्, जसमा व्यापार र प्रविधि प्रतिबन्ध लगाउनुका साथै क्वाड र अकस जस्ता प्रभावशाली रणनीतिक समूहहरू गठन गर्ने समावेश छ। क्वाड अमेरिका, भारत, जापान र अष्ट्रेलिया समावेश छन् भने अकसमा अष्ट्रेलिया, अमेरिका र बेलायत समावेश छन्। यसबारे टिप्पणी गर्दै चीनले यी समूहहरूको उद्देश्य आफ्नो उदय रोक्नु रहेको बताएको छ । जसका कारण दुई देशबीचको सम्बन्ध निकै बिग्रिएको छ ।

चीन भ्रमणमा रहेका अमेरिकी अधिकारीहरूसँग भेटघाट गर्न जिनफिङले अस्वीकार गरेका छन तर उनी बेइजिङको डियाओयुताई स्टेट गेष्ट हाउसमा किसिङ्गरलाई भेट्न र चीन अमेरिका सम्बन्ध सुधार गर्नको लागि भने उनको सहयोग मागेका छन । कूटनीतिक सम्बन्ध स्थापना गर्न सन् १९७१ मा बेइजिङको आफ्नो पहिलो भ्रमणका क्रममा किसिङ्गरले यस अतिथि गृहमा चिनियाँ नेताहरूलाई भेटेका थिए। त्यसपछि अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन थिए ।

किसिङ्गरसँगको भेटमा जिनपिङले ५२ वर्षअघि चीन–अमेरिका सम्बन्धको नयाँ मोडमा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओ त्से तुङ, प्रधानमन्त्री झोउ एनलाई, अमेरिकी राष्ट्रपति निक्सन र किसिङ्गरले उल्लेखनीय रणनीतिक दृष्टिकोणका साथ चीन र अमेरिकाले बीचमा सहयोगको सही विकल्प रोजेको थियो 

चिनियाँ राष्ट्रपतिले भने, ‘यसले दुवै देशलाई मात्रै होइन, विश्वलाई नै परिवर्तन गरेको थियो ।’ एक सय वर्षीय किसिन्जर व्यक्तिगत भ्रमणमा चीन आएको अधिकारीहरूले बताएका छन् ।

सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति जिनफिङले चीन र अमेरिकाले एकअर्काको सफलतालाई समर्थन गर्ने र साझा समृद्धि हासिल गर्ने हरेक कारण रहेको कुरा औंल्याएका छन । उनले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र हितकारी साझेदारीको सिद्धान्तलाई अवलम्बन गर्न महत्वपूर्ण हुने बताए ।

उनले भने, ‘यसका आधारमा चीन दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि अमेरिकासँग छलफल गर्न तयार छ । यो दुबै पक्षका लागि साथै सम्पूर्ण विश्वको लागि फाइदाजनक हुनेछ।’

सीले आशा व्यक्त गरे कि किसिन्जरवाशिंगटनका अन्य नेताहरूले चीन अमेरिका सम्बन्धलाई ट्रयाकमा ल्याउन रचनात्मक भूमिका खेल्न जारी राख्ने छन्। किसिङ्गरसँग सी जिनपिङको भेट हुनु अघि चीनका उच्च कूटनीतिज्ञ वाङ यी र चिनियाँ रक्षामन्त्री जनरल ली साङ्फुले पूर्व अमेरिकी विदेशमन्त्रीसँग पनि भेट गरेका थिए।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ७ : ५२ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली