फाइल फोटो

देश/प्रदेश

पाल्पामा ५ जुवाडे पक्राउ

By खबरहब

July 21, 2023

काठमाडौँ- पाल्पामा ५ जना जुवाडे पक्राउ परेका छन् । पाल्पाको रैनादेवी छहारा गाउँपालिका ४ अमलाबासस्थित ३१ वर्षीय मिठु पुनको रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका ४ छहरा बजार बस्ने ४२ वर्षीय अमृत भण्डारीसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ३ सय ९० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।