चितवनमा ३७ प्रतिशत विकास बजेट फ्रिज | Khabarhub Khabarhub

चितवनमा ३७ प्रतिशत विकास बजेट फ्रिज


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनमा विकास बजेटको ३५ प्रतिशत भुक्तानी असार मसान्तमा मात्रै भएको छ । 

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार असारमा रु दुई अर्ब २४ करोड ७५ लाख ९३ हजार भुक्तानी भएको हो । सङ्घतर्फको रु नौ अर्ब २३ करोड ७५ लाख ५३ हजार रहेको पुँजीगत बजेटमध्ये रु छ अर्ब ६९ करोड २१ लाख १७ हजार नौ सय ९९ को वित्तीय प्रगति भएको कार्यालयले जानकारी दिएको छ ।

चितवनमा आर्थिक वर्ष २०७९-८० मा ३७ प्रतिशत विकास बजेट फ्रिज भएको छ । सङ्घीय सरकार र प्रदेश सरकारबाट विनियोजित बजेटमध्येबाट रु चार अर्ब ८४ करोड ३८ लाख ४१ हजार खर्च हुन नसकेर फिर्ता भएको हो । कार्यालयका अनुसार जिल्लामा सङ्घ र प्रदेश सरकारको पुँजीगत बजेट रु १३ अर्ब सात करोड २० लाख २८ हजार विनियोजन भएको थियो । त्यसमध्ये रु नौ अर्ब ३७ करोड सात लाख ५३ हजार मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी मुक्तिप्रसाद चापागाईँले जानकारी दिएका छन्।

सङ्घीय सरकारबाट चितवनका लागि रु नौ अर्ब २३ करोड ७५ लाख ५३ हजार पाँच सय १७ पुँजगत बजेट विनियोजन भएको थियो । त्यसमध्ये रु छ अर्ब ६९ करोड २१ लाख १७ हजार नौ सय ९९ मात्र खर्च हुन सकेको चापागाईँले बताए। यसरी सङ्घको विकास खर्चको वित्तीय प्रगति हेर्दा ७२ प्रतिशत मात्र देखिन्छ ।

चितवनमा सङ्घ र प्रदेशको कूल बजेट रु २९ अर्ब ३२ करोड २८ लाख ३५ हजार थियो । रु २४ अर्ब ४८ करोड ६९ लाख ९४ हजार खर्च भएको छ । यसरी हेर्दा ८३ प्रतिशत वित्तीय प्रगति भएको देखिन्छ । चालुतर्फ खर्च बढी हुँदा समग्रमा वित्तीय प्रगति सन्तोष जनक देखिएको हो ।

चितवनमा पुँजीगत बजेटभन्दा चालु बजेट बढी थियो । यसको वित्तीय प्रगति पनि राम्रो छ । सङ्घ र प्रदेशको चालु बजेट रु १६ अर्ब २५ करोड ८१ हजार थियो । सङ्घतर्फ चालु बजेट रु १४ अर्ब २० करोड चार लाख ६४ हजार पाँच सय ८२ थियो । सङ्घतर्फको चालु खर्च ९५ प्रतिशत छ । रु १३ अर्ब ४४ करोड ४० लाख ७४ हजार खर्च भएको छ । 

सङ्घतर्फको चालु खर्च सबैभन्दा बढी विपी कोइराला क्यान्सर अस्पतालको हुन सकेको छैन । अस्पतालमा कार्यकारी नहुँदा वैशाखदेखि त्यहाँका कर्मचारीले तलब पाएका छैनन् । रु तीन करोड हाराहारीमा अस्पतालको चालुतर्फको रकम फ्रिज भएर फिर्ता भएको छ । प्रदेशतर्फको चालु बजेट रु दुई अर्ब पाँच करोड तीन लाख थियो । त्यसमध्ये रु एक अर्ब ६७ करोड २१ लाख खर्च भएको छ ।

चितवनमा सङ्घतर्फ चालु र पुँजीगत गरी कूल बजेट रु २३ अर्ब ४३ करोड ८० लाख १४ हजार थियो । त्यसमध्ये रु २० अर्ब १३ करोड ६१ लाख ९२ हजार खर्च भएको छ । पुँजीगत र चालुतर्फको बजेट हेर्दा वित्तीय प्रगति सन्तोषजनक रहेको चापागाईँले बताए। ‘सङ्घको चालु खर्च ९४ प्रतिशत भएको छ, पुँजीगत खर्च ७२ प्रतिशत देखिन्छ, यसरी समग्रमा ८५ दशमलव ९१ प्रतिशत खर्च भएको छ’, उनले भने । 

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  १ : ०५ बजे

राजु लामाको नयाँ गीत सुनील बर्देवाप्रति समर्पित

काठमाडौं – ‘द एन्जल्स ब्यान्ड’ले नयाँ गीत ‘कति छन्’ सार्वजनिक

फिल्म ‘अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा हुने

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा गोलरक्षक

विमानस्थलको समस्याबारे समाधान खोज्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय

त्रुटि सच्याएर मात्रै विद्यालयका पाठ्यपुस्तकका छाप्न अनेरास्ववियुको माग

काठमाडौं- विद्यालय तहका पाठ्यपुस्तकका त्रुटी आगामी शैक्षिक सत्रदेखि सच्याउन अनेरास्ववियुले

पोखराका मेयरको गुनासो- मलाई दुबई एयरपोर्टमा हेपियो, हप्कीदप्की गरियो

पोखरा- पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफूलाई दुबई एयरपोर्टमा हप्कीदप्की