बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या एक सय ५५ पुग्यो « Khabarhub

बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या एक सय ५५ पुग्यो


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या एक सय ५५ पुगेको छ । बिहीबार थप नौ जनाको मृत्यु भएसँगै डेङ्गु ज्वरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ५५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय जनाएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको डिजीएचएसले दिएको तथ्याङ्कअनुसार जुलाईको पहिलो २० दिनमा गत महिना पाँच हजार नौ सय ५६ जनामा लामखुट्टेको टोकाइबाट सर्ने रोगबाट सङ्क्रमित भएपछि  देशभर डेङ्गुका  १९ हजार पाँच सय ६९ सङ्क्रमित थपिएका छन् ।

महानिर्देशनालयका अनुसार बिहीबार बिहान  एकै दिन राजधानी  ढाकामा आठ सय ४५ सहित कुल एक हजार सात सय ५५ नयाँ बिरामी थपिएका छन् । यो वर्षको प्रारम्भदेखि अहिलेसम्म बिरामीको कुल सङ्ख्या २७ हजार पाँच सय ४७ पुगेको छ ।

महानिर्देशनालयले सर्वसाधारणलाई झुलभित्र सुत्नेलगायत आवश्यक सुरक्षाका उपाय अपनाउन आग्रह गर्दै लामखुट्टेको प्रजननस्थल पहिचान एवम् नष्ट गर्ने ‘एन्टी लार्भा’ अभियान  सञ्चालन गरिएको बताएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  २ : २१ बजे

प्रधानमन्त्री वालेनको सम्बोधनबिनै अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली