लघुवित्त खारेज गर्नुपर्ने माग राख्दै प्रदर्शन « Khabarhub

लघुवित्त खारेज गर्नुपर्ने माग राख्दै प्रदर्शन


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लघुवित्तीय संस्था खारेज गर्नुपर्नेलगायतका माग राख्दै लघुवित्त पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै लघुवित्त संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा शुक्रबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरिएको हो ।

उनीहरुले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्नेलगायतका ५ बुँदे माग अघि सारेका छन् ।

आफूहरुको माग सरकारले पूरा गर्नुपर्ने भन्दै संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवाली एक सातादेखि अनसन बस्दै आएका छन् । प्रदर्शनमा सहभागी भएका अध्यक्ष ज्ञवालीले मुलुकी ऐन अनुसार मौद्रिक नीति नबनेसम्म लघुवित्तीय क्षेत्रमा देखिएका समस्या समाधान नहुने र मुलुकको पनि रुपान्तरण हुन नसक्ने बताए ।

उनले लघुवित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध एकजुट भएर लघुवित्तका दलालहरुलाई कानूनी कठघरमा ल्याउनुपर्ने धारणा राखे । संघर्ष समितिले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ३ : ४६ बजे

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई