प्रधानमन्त्री प्रचण्ड शनिबार इटाली भ्रमणमा जाने | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्ड शनिबार इटाली भ्रमणमा जाने


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार इटाली भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार इटाली जान लागेका हुन् ।

इटालीमा साउन ८ देखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रम हुँदै छ । उक्त कार्यक्रमलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् ।

साथै साइडलाइनमा प्रधानमन्त्री प्रचण्डले खाद्य तथा कृषि संगठन एफएओका महानिर्देशक, विश्व खाद्य कार्यक्रम डब्लूएफपीका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष आईएफएडीका अध्यक्ष लगायतका राष्ट्रसंघका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् ।

प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली संघ इटालीले आयोजना गर्ने इटालीमा रहेका नेपाली समुदायसँगको अन्तरक्रियामा सहभागी हुनेछन् ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा उनको छोरी गंगा दाहाल, कृषिमन्त्री वेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायत छन् । प्रधानमन्त्री प्रचण्ड साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ५ : १६ बजे

भोटखोलामा विद्युत्को राष्ट्रिय प्रसारणलाइन जोडियो

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा राष्ट्रिय प्रसारणलाइन जोडिएको छ

अस्ट्रेलियामा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिड्नी- अस्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको

अश्लिल हर्कत गरेको आरोपमा रौतहटमा डेढ दर्जन टिकटकर पक्राउ

गौर- होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटकरलाई नियन्त्रणमा लिई

पाँचखालमा हरित बसोबास योग्य सहरी विकास आयोजना लागू गरिने

काभ्रेपलाञ्चोक–  पाँचखाल नगरपालिकामा हरित बसोबास योग्य सहरी विकास आयोजना लागू

देशभरका गणित शिक्षकलाई प्रशिक्षण प्रशिक्षक तालिम

काठमाडौँ– नेपाल गणित समाजको दोस्रो चरणको प्रशिक्षक प्रशिक्षण आजदेखि सुरु