सुन प्रकरणमा पहिले भरिया मात्रै पक्राउ पर्थे, अब भने मालिकलाई नै पक्रौँ : पर्यटनमन्त्री किराती « Khabarhub

सुन प्रकरणमा पहिले भरिया मात्रै पक्राउ पर्थे, अब भने मालिकलाई नै पक्रौँ : पर्यटनमन्त्री किराती


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थलमा बरामद भएको सुनका मालिकलाई नै पक्राउ गर्नुपर्ने बताएका छन् ।

नेपाल मगर विद्यार्थी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले सुन प्रकरणमा विगतमा भरिया मात्रै पक्रिने गरेको भन्दै यसपटक भने सुनको मालिकलाई नै पक्राउ गर्नुपर्ने बताएका हुन् ।

उनले कसैलाई शक्तिका भरमा संविधान र न्यायभन्दा माथि बस्ने अधिकार नरहेको भन्दै भ्रष्टाचार र तस्करीलाई अन्त्य गर्न जनताले दबाब दिनुपर्ने धारणा राखे । विमानस्थलमा सुन पक्रिएपछि सुदन किरातीको परीक्षा सुरु भयो भनेर भन्ने गरेको भन्दै उनले भन्सार हेर्ने निकाय अर्थ र गृहको भएको स्पष्ट पारे । उनले कुनै पनि हालतमा भ्रष्टाचार सह्य नहुने बताए ।

मन्त्री किरातीले आफू मन्त्रालयमा आएपछि नै मौलिक पर्यटनलाई बढावा दिनुपर्ने भन्दै आएको उल्लेख गरे ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ६ : ३९ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल