सञ्चार विधेयक ल्याउन छलफल जारी छ : मुख्यमन्त्री पाण्डे | Khabarhub Khabarhub

सञ्चार विधेयक ल्याउन छलफल जारी छ : मुख्यमन्त्री पाण्डे


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको सञ्चार विधेयक ल्याउन सञ्चारकर्मीसहित अन्य सरोकार पक्षसँग छलफल भइरहेको बताएका छन् ।

क्रियाशील पत्रकार महिला गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित स्व। हरिशचन्द्र वाग्ले क्रियाशील पत्रकारिता पुरस्कारद्वारा पत्रकार सोनी शर्मालाई सम्मान गर्दै उनले सञ्चार विधेयक आएसँगै गण्डकी प्रदेशको पत्रकारिता थप मर्यादित हुने विश्वास व्यक्त गरे ।

“पत्रकारिता क्षेत्रबाट कुनै निर्दोष व्यक्तिको चरित्र हत्या नहोस्”, मुख्यमन्त्री पाण्डेलेभने, “पत्रकारिता गर्दा धेरै सोच विचार गरेर मात्र गर्नुहोस् ।” केही गलत पत्रकारकै कारण पत्रकारिता क्षेत्र नै बदनाम भइरहेकाले मर्यादित र सत्यतथ्यमा आधारित पत्रकारिता गर्न उनले सुझाव दिए ।

गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले पछिल्ला वर्ष पत्रकारितामा महिला सहभागिता बढ्दै गएकोप्रति खुसी व्यक्त गर्दै महिला पत्रकारको सङ्ख्या वृद्धि गर्न सबैको साथ सहयोग आवश्यक पर्ने बताए ।

प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले पत्रकार आचारसंहिताको पालना गर्दै पत्रकारिता अगाडि बढाउनुपर्नेमा जोड दिए । सो अवसरमा नेपाल पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदी, जमुना शर्मा, कृष्णप्रसाद बास्तोलालगायतले पत्रकारले भोग्दै आएका समस्यबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ९ : ४० बजे

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

कञ्चनपुर– हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको

आईएनजीओको जागिर छाडेर गाउँमै कृषिकर्म

सुनसरी- कोशी किनार कृषि उपज उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ

स्थानीय सरकारको पहल : रामप्रसादराईमा वृद्धवृद्धाको भत्ता घरदैलोमा 

भोजपुर– नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरू

के पातलो मान्छे साँच्चै स्वस्थ हुन्छन त ?

काठमाडौं–  प्रायः मानिसहरू सोच्छन् कि यदि कोही पातलो छ भने

ट्रम्पविरुद्ध ४६ करोड डलर जरिवानाको सजाय उल्टियो: पूर्ण जित भएको प्रतिक्रिया

वासिङ्टन – अमेरिकी एक अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत