हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द « Khabarhub

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन आजदेखि बन्द भएको छ । उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण हिजो बिग्रिएकाले बाध्यतावश उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ ।

सो उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएकाले पनि क्लिङ्कर उत्पादन गर्ने कार्यलाई तत्काल सञ्चालन गर्न कठिनाइ भएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।

उद्योगमा बाह्य देशबाट गुणस्तरीय कोइला करिब दुई हप्ताभित्र ल्याएको र प्रथम चरणमा एक हजार मेट्रिक टन केही दिनभित्रै आइपुगेपछि सिमेन्टको उत्पादन कार्य सुरु गरिने उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए ।

उनका अनुसार अहिले सिमेन्ट उद्योगको भण्डारमा करिब आठ सय मेट्रिक टन कोइला रहेको भएपनि पर्याप्त कोइला नहुँदासम्म क्लिङ्कर उत्पादन गर्न समस्या आइपरेको उल्लेख गरे। महाप्रबन्धक पाण्डेले उद्योगमा अहिले दुई लाख ५० हजार बोरा सिमेन्ट रहेको र त्यसलाई काठमाडौँलगायत विभिन्न सहरमा खपतको लागि तयारी अवस्थामा राखिएको जानकारी दिए ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  १० : २६ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल