सीआईबीले बोलाएर बयान नलिई फर्कायो पूर्वमन्त्री जोशीलाई « Khabarhub

सीआईबीले बोलाएर बयान नलिई फर्कायो पूर्वमन्त्री जोशीलाई


४ भदौ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवासको जग्गा हिनामिना प्रकरणबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बोलाएर पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशीलाई बयान नलिई फर्काएको छ । 

बयानका लागि सोमबार उनी सीआईबी कार्यालय पुगेका थिए । तर, सीआईबीले बयान नलिई फर्काएको जोशीले बताएका छन् । 

‘उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पहिलोपटक सीआईबी प्रमुख आफैले बयानका लागि भनेर बोलाउनु भयो । तर फेरी अहिले नआउनु भनि खबर आयो । आज फेरी बोलाए बमोजिम सवा १ बजे सीआईबी कार्यालय पुगेको थिए । तर बयान नलिइ फेरी बोलाउँला भनी फर्काइयो । भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ । म फरार छुँइन। ‘

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  ३ : ३८ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६