कर्णालीमा १३२ केभी प्रसारण लाइन जोडिने  « Khabarhub

कर्णालीमा १३२ केभी प्रसारण लाइन जोडिने 


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशमा छ महिनाभित्र १३२ केभी प्रसारण लाइन जोडिने बताएका छन् ।

कर्णाली प्रदेशको सुर्खेतमा नेकपा (माओवादी केन्द्र) ले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले कर्णालीमा विद्युतीकरणका लागि १४ अर्बको ठेक्का लागेको बताए। विद्युत् नपुगेका ठाउँमा सौर्य मिनिग्रेटमार्फत उज्यालो पुर्‍याउने काममा मन्त्रालय जुटेको उनले जानकारी दिए।

मन्त्री बस्नेतका अनुसार दुई वर्षभित्र कर्णालीका सिँचाइ योग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ । उनले दुई वर्षभित्र कर्णाली भरी विद्युतीकरणको काम पूरा गर्ने दाबी गरे। मन्त्री बस्नेतले पार्टीलाई श्रम र उत्पादनमा जोड्नका लागि सबै एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ६ : ४१ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा