कर्णालीमा १३२ केभी प्रसारण लाइन जोडिने  | Khabarhub Khabarhub

कर्णालीमा १३२ केभी प्रसारण लाइन जोडिने 


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशमा छ महिनाभित्र १३२ केभी प्रसारण लाइन जोडिने बताएका छन् ।

कर्णाली प्रदेशको सुर्खेतमा नेकपा (माओवादी केन्द्र) ले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले कर्णालीमा विद्युतीकरणका लागि १४ अर्बको ठेक्का लागेको बताए। विद्युत् नपुगेका ठाउँमा सौर्य मिनिग्रेटमार्फत उज्यालो पुर्‍याउने काममा मन्त्रालय जुटेको उनले जानकारी दिए।

मन्त्री बस्नेतका अनुसार दुई वर्षभित्र कर्णालीका सिँचाइ योग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ । उनले दुई वर्षभित्र कर्णाली भरी विद्युतीकरणको काम पूरा गर्ने दाबी गरे। मन्त्री बस्नेतले पार्टीलाई श्रम र उत्पादनमा जोड्नका लागि सबै एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ६ : ४१ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु