विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त « Khabarhub

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम कामु प्रधानन्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

गत साउन १८ गतेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । संवैधानिक परिषदको सिफारिसपछि श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

सन् १९५९ अक्टोबर १६ मा सिलगढी डोटीमा जन्मेका श्रेष्ठ सन् १९८४ देखि सुदूरपश्चिम क्षेत्रीय अदालतमा शाखा अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए । श्रेष्ठले सन् २००४ मा गोरखा दक्षिणबाहु तेस्रो र सन् १९९१ मा गोरखा दक्षिणबाहु चौथो प्राप्त गरेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ७ : ४४ बजे

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको

वाग्मती सफाइ : तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ