पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध « Khabarhub

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत टोपेखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज राति ८ बजे पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सुक्खा पहिरो खसी दुईतर्फी सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै सो सडक भएर चल्ने सवारी साधन रोकिएका छन् । पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय चितवनसँग समन्वय भइरहेको उनले जानकारी दिए । सो सडक खण्डमा बर्सात सुरु भएसँगै पटक पटक पहिरो खस्ने गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ९ : २३ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका