शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरीको सरुवा नाजायज : राजेन्द्र लिङदेन | Khabarhub Khabarhub

शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरीको सरुवा नाजायज : राजेन्द्र लिङदेन


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुको सरुवा नाजायज भएको बताएका छन् ।

सोमबार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष लिङ्देनले सत्ता टिकाउने प्रयोजनका लागि प्रहरी अधिकृतहरुको आकस्मिक सरुवा गरिएको भन्दै सरकारको सुशासनको नारा सत्ता टिकाउने अस्त्र भएको बताएका छन् ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पहिलो चरणको अनुसन्धान सकेर दोस्रो चरणको अनुसन्धानको तयारी गरिरहेका मुख्य मुख्य प्रहरी अधिकृतहरुको आकस्मिक सरुवा नाजायज छ।सत्ता टिकाउने प्रयोजनका लागि गरिने यसप्रकारका क्रियाकलापहरुले सरकारको सुशासनका नारा केवल सत्ता जोगाउने अस्त्र मात्र प्रमाणित भएकोछ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  १० : २८ बजे

बुढीगण्डकी र नलगाड जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षदेखि दुई ठूला जलविद्युत् आयोजनाको निर्माण

स्थानीय तहले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने

काठमाडौं– सरकारले स्थानीय तहलाई महिना पिच्छे ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच

नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सरकारको लक्ष्य 

काठमाडौं– सरकारले नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास

सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम चलाउने

काठमाडौं–सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम संचालन गर्ने भएको छ ।

काठमाडौंमा बाह्रै महिना मेलम्चीको पानी आउने 

काठमाडौं– मेलम्चीबाट बाह्रै महिना काठमाडौंमा पानी आउने वातावरण तयार पार्ने