संसदीय व्यवस्थाले पार्टीहरूलाई नै भ्रष्ट बनायो : लिलामणि पोखरेल « Khabarhub

संसदीय व्यवस्थाले पार्टीहरूलाई नै भ्रष्ट बनायो : लिलामणि पोखरेल


४ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सिरहा– नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले वर्तमान संविधान सम्झौताको दस्तावेज भएको बताएका छन् ।

संविधान दिवसको अवसर पारेर पार्टीको धनगढीमाई नगर कमिटीले आयोजना गरेको ‘वर्तमान संविधान र हाम्रो दृष्टिकोण’ विषयक अभिमुखीकरण कार्यक्रममा नेता पोखरेलले आफ्नो पार्टीले चाहेजस्तो नबने पनि सबैको सहमतिमा संविधान जारी भएको बताए ।

उनले संविधानसभाबाट जारी संविधान पूर्ण नभए पनि यसका राम्रा पक्षहरूको संरक्षण गर्दै थप अधिकारका लागि अगाडि बढ्नु जरुरी रहेको बताए । उनले भने, ‘हाम्रै पार्टीले चाहेजस्तो संविधान यो होइन्, तर, यसले संघीयता, धर्मनिरपेक्षता तथा महिला, दलित, पछाडि पारिएका समुदायको अधिकारको रक्षा गरेको छ, त्यसलाई बचाउँदै थप अधिकार लिन आवश्यक छ।’

यो संविधान पुरै खराब पनि होइन, यसलाई धेरै उत्कृष्ट पनि भन्न नसकिने नेता पोखरेलको भनाइ छ । उनले कमी कमजोरीका बावजुत अहिले यसको रक्षा गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । 

नेता पोखरेलले यो संसदीय व्यवस्थाका कारण देशमा भ्रष्टाचार मौलाएको भन्दै यसमा संशोधनको खाँचो रहेको बताए।

उनले भने, ‘महँगो चुनावी प्रणालीले भ्रष्टाचार मौलाएको छ। एकजना संसद जित्न १५ करोडसम्म खर्च गरेको छ। जसले १५ करोड लगाएर चुनाव जितेको छ। उसले देश र जनताको हितको कुरा गर्छ कि १५ करोड असुल्ने र आउने चुनावको खर्च जोहो गर्छ।’

यो प्रणालिले व्यक्ति मात्र होइन पार्टीहरूलाई नै भ्रष्ट बनाएको नेता पोखरेलले जिकिर गरे । उनले भने, ‘प्रत्येक चुनावमा पार्टीले जित्ने उम्मेदवार खोज्ने, जित्न पैसा भएको व्यक्ति हुनुपर्ने अनि वर्षौँ देश, जनता र पार्टी भनेर हिँडेकाहरु उनको झोले भएर हिँड्नु परेपछि पार्टी कहाँ पुग्छ ?’ 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ६ : ४० बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस