संसदीय व्यवस्थाले पार्टीहरूलाई नै भ्रष्ट बनायो : लिलामणि पोखरेल « Khabarhub

संसदीय व्यवस्थाले पार्टीहरूलाई नै भ्रष्ट बनायो : लिलामणि पोखरेल


४ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सिरहा– नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले वर्तमान संविधान सम्झौताको दस्तावेज भएको बताएका छन् ।

संविधान दिवसको अवसर पारेर पार्टीको धनगढीमाई नगर कमिटीले आयोजना गरेको ‘वर्तमान संविधान र हाम्रो दृष्टिकोण’ विषयक अभिमुखीकरण कार्यक्रममा नेता पोखरेलले आफ्नो पार्टीले चाहेजस्तो नबने पनि सबैको सहमतिमा संविधान जारी भएको बताए ।

उनले संविधानसभाबाट जारी संविधान पूर्ण नभए पनि यसका राम्रा पक्षहरूको संरक्षण गर्दै थप अधिकारका लागि अगाडि बढ्नु जरुरी रहेको बताए । उनले भने, ‘हाम्रै पार्टीले चाहेजस्तो संविधान यो होइन्, तर, यसले संघीयता, धर्मनिरपेक्षता तथा महिला, दलित, पछाडि पारिएका समुदायको अधिकारको रक्षा गरेको छ, त्यसलाई बचाउँदै थप अधिकार लिन आवश्यक छ।’

यो संविधान पुरै खराब पनि होइन, यसलाई धेरै उत्कृष्ट पनि भन्न नसकिने नेता पोखरेलको भनाइ छ । उनले कमी कमजोरीका बावजुत अहिले यसको रक्षा गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । 

नेता पोखरेलले यो संसदीय व्यवस्थाका कारण देशमा भ्रष्टाचार मौलाएको भन्दै यसमा संशोधनको खाँचो रहेको बताए।

उनले भने, ‘महँगो चुनावी प्रणालीले भ्रष्टाचार मौलाएको छ। एकजना संसद जित्न १५ करोडसम्म खर्च गरेको छ। जसले १५ करोड लगाएर चुनाव जितेको छ। उसले देश र जनताको हितको कुरा गर्छ कि १५ करोड असुल्ने र आउने चुनावको खर्च जोहो गर्छ।’

यो प्रणालिले व्यक्ति मात्र होइन पार्टीहरूलाई नै भ्रष्ट बनाएको नेता पोखरेलले जिकिर गरे । उनले भने, ‘प्रत्येक चुनावमा पार्टीले जित्ने उम्मेदवार खोज्ने, जित्न पैसा भएको व्यक्ति हुनुपर्ने अनि वर्षौँ देश, जनता र पार्टी भनेर हिँडेकाहरु उनको झोले भएर हिँड्नु परेपछि पार्टी कहाँ पुग्छ ?’ 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ६ : ४० बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र