एलन मस्कलाई मानव मष्तिष्कमा ‘कम्प्युटर चिप’ राख्ने अनुमति   « Khabarhub

एलन मस्कलाई मानव मष्तिष्कमा ‘कम्प्युटर चिप’ राख्ने अनुमति  


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– स्पेसएक्स, टेस्ला र ट्विटरजस्ता कम्पनीका मालिक एलन मस्कले मानव मस्तिष्कमा ‘कम्प्युटर चिप’ प्रत्यारोपण गर्न स्वीकृत पाएका छन् । यसलाई पक्षघात भएका बिरामीको मस्तिष्कमा प्रत्यारोपण गरिनेछ । मस्कको स्टार्टअप न्यूरोलिङ्कले यो जानकारी दिएको हो ।

मस्कको कम्पनीले भर्ना प्रक्रियामार्फत भर्ना हुने पहिलो व्यक्तिको खोजी सुरु गरेको छ । यस परीक्षणको क्रममा पक्षघातका बिरामीमा चिप सेटको परीक्षण सुरु गरिनेछ। 

यसका लागि ‘सर्भिकल स्पाइनल कर्ड पक्षघात’ वा ‘एमियोट्रोफिक लेटरल स्क्लेरोसिस’ (एएलएस’ जस्ता रोगबाट पीडित भएका व्यक्तिहरूको खोजी भइरहेको छ। यो अनुसन्धान पूरा गर्न करिब ६ वर्ष लाग्नेछ।

अनुसन्धानले मानव मस्तिष्कमा ब्रेन कम्प्युटर इन्टरफेस (बीसीआई) प्रत्यारोपण गर्नका लागि शल्यक्रिया गर्ने रोबोटलाई समावेश गर्नेछ। 

यसको मद्दतले उसले मष्तिष्कको चाल र मनसाय प्राप्त गर्नेछ। यसपछि उसले थप आदेश दिनेछ । यस पछि त्यो चिप सेटसँग मिल्दो यन्त्रहरूले ती आदेशहरू प्राप्त गर्नेछन् र थप काम गर्नेछन्।

न्यूरोलिङ्कले प्रारम्भिक चरणमा आफ्नो लक्ष्य कम्प्युटर कर्सर र किबोर्डलाई नियन्त्रण गर्ने भएको बताएको छ । यो नियन्त्रण कमाण्ड सिधै मस्तिष्कमा जडान गरिएको चिप सेटबाट प्राप्त हुनेछ। 

यसपछि कर्सर चल्न थाल्छ र किबोर्डबाट टाइप हुनेछ। उदाहरणका लागि पक्षघात भएका व्यक्तिको मस्तिष्कमा चिप प्रत्यारोपण गरेपछि उसले सोचेर मात्र माउसको कर्सर सार्न सक्षम हुनेछ।

न्यूरोलिंकले बनाएको यन्त्रको आकार सिक्का जस्तै हुनेछ। यो चिपको नाम लिंक दिइएको छ। यो यन्त्रले (न्यूरल इम्पल्स) कम्प्युटर, मोबाइल फोन वा अन्य कुनै पनि उपकरणहरू मार्फत प्रत्यक्ष रूपमा मस्तिष्क गतिविधि नियन्त्रण गर्न सक्षम हुनेछ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  १० : ०१ बजे

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ