आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सुरक्षाका विषयमा छलफल « Khabarhub

आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सुरक्षाका विषयमा छलफल


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधि र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच सुरक्षासँग सम्बन्धित भएर छलफल भएको छ । 

निषेधित क्षेत्र तोड्ने प्रयास भएपछि सरकारले बल प्रयोग गर्ने तयारीसँगै दुर्घटना हुन नदिन र संयमित भएर आन्दोलनका कार्यक्रम अगाडि बढाउन दुवै पक्षबीच छलफल भएको शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले जानकारी दिइन् ।

हिजोदेखि सुरु भएको आन्दोलनले सर्वसाधारणलाई समस्या भएको भन्दै आज कार्यालय लाग्ने दिन भएकाले आन्दोलनको रुट परिवर्तन गर्नसमेत जिल्ला प्रशासन कार्यालय काठमाडौँले शिक्षकहरूसँग अनुरोध गरेको छ ।

 तर शिक्षकहरूले आज पनि हिजोकै रुट प्रयोग गर्ने र शान्तिपूर्ण आन्दोलन गर्ने अध्यक्ष तुलाधरले जानकारी दिइन् । उनले शिक्षक र सरकारबीच औपचारिक रूपमा कुनै पनि वार्ताको पहल नभएको बताइन् । 

छलफलमा गृहमन्त्री श्रेष्ठसँगै शिक्षामन्त्री अशोककुमार राई, शिक्षा सचिव सुरेश अधिकारी, नेपाल शिक्षक महासङ्घकी अध्यक्ष तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी लगायतको सहभागिता रहेको थियो । 

संसद्‌मा दर्ता शिक्षा विधेयकप्रति महासंघले विभिन्न १८ बुँदे माग र असहमति जनाएको छ । सरुवाबढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसम्बन्धी माग छन् । 

माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू हिजोदेखि काठमाडौँ  केन्द्रित आन्दोलनमा उत्रिएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ११ : ५४ बजे

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता