आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सुरक्षाका विषयमा छलफल | Khabarhub Khabarhub

आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सुरक्षाका विषयमा छलफल


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधि र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच सुरक्षासँग सम्बन्धित भएर छलफल भएको छ । 

निषेधित क्षेत्र तोड्ने प्रयास भएपछि सरकारले बल प्रयोग गर्ने तयारीसँगै दुर्घटना हुन नदिन र संयमित भएर आन्दोलनका कार्यक्रम अगाडि बढाउन दुवै पक्षबीच छलफल भएको शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले जानकारी दिइन् ।

हिजोदेखि सुरु भएको आन्दोलनले सर्वसाधारणलाई समस्या भएको भन्दै आज कार्यालय लाग्ने दिन भएकाले आन्दोलनको रुट परिवर्तन गर्नसमेत जिल्ला प्रशासन कार्यालय काठमाडौँले शिक्षकहरूसँग अनुरोध गरेको छ ।

 तर शिक्षकहरूले आज पनि हिजोकै रुट प्रयोग गर्ने र शान्तिपूर्ण आन्दोलन गर्ने अध्यक्ष तुलाधरले जानकारी दिइन् । उनले शिक्षक र सरकारबीच औपचारिक रूपमा कुनै पनि वार्ताको पहल नभएको बताइन् । 

छलफलमा गृहमन्त्री श्रेष्ठसँगै शिक्षामन्त्री अशोककुमार राई, शिक्षा सचिव सुरेश अधिकारी, नेपाल शिक्षक महासङ्घकी अध्यक्ष तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी लगायतको सहभागिता रहेको थियो । 

संसद्‌मा दर्ता शिक्षा विधेयकप्रति महासंघले विभिन्न १८ बुँदे माग र असहमति जनाएको छ । सरुवाबढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसम्बन्धी माग छन् । 

माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू हिजोदेखि काठमाडौँ  केन्द्रित आन्दोलनमा उत्रिएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ११ : ५४ बजे

मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको छ : प्रधानन्यायाधीश राउत

काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतको मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

गोदावरी– ललितपुरस्थित गोदावरी नगरपालिकाले जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण कार्य अगाडि

विदेश सचिवको ब्रिफिङ : भारतको आक्रमण पाकिस्तानी सेना, संरचना र सर्वसाधारणविरुद्ध होइन

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्रीले भारतले आतंकवाद विरुद्ध

रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)

काठमाडौं– रातो मच्छिन्द्रनाथ रथ जात्राअन्तर्गत शुक्रबार ललितपुरको लगनखेलस्थीत थतिटोलमा नरिवल

नीति कार्यक्रमभित्र सत्तापक्षले देखेको आशा, प्रतिपक्षको निराशा

काठमाडौं- सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३