चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जलीलाई कोशी पठाइँदै « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जलीलाई कोशी पठाइँदै


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । यही असोज १० गते गैँडा कोशी टप्पु पठाउन लागिएको हो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्यका अनुसार कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा त्यहाँ पठाउन लागिएको हो । विभागका तत्कालीन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले विस्तृत अध्ययनपछि प्रतिवेदन बुझाएको थियो ।

कोशी टप्पु वन्यजन्तु आरक्षमा अहिले गैँडा छैनन् । आचार्यले शुरुमा यहाँबाट लगिएका गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिने बताए । कोशीको पथरी सेक्टर कार्यालयको आरक्ष सुरक्षार्थ सेनाको पोष्ट रहेको क्षेत्र नजिक गैँडालाई राखिनेछ । 

केही वर्षअघि आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा १३ वटा अर्ना ल्याइएको थियो । तत्कालीन समयमा स्थानीयले चितवनबाट आरक्षमा गैँडा ल्याउनुपर्ने माग गरेका थिए । सोहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालेको थियो । चितवनमा त्यहाँबाट ल्याइएका र चिडियाखानाबाट ल्याइएका थप दुईसहित १५ वटा अर्ना भने बच्न सकेनन् ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुई वटा गैँडा कोशी पठाउन लागिएको बताए । ती दुवै पोथी गैँडा हुन् । ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएर अनाथ हुन पुगेको अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो । तिनीहरूलाई पुष्पा र अञ्जली नामकरण गरिएको थियो ।

अहिले पुष्पा तीन वर्ष नौ महिना र अञ्जली दुई वर्ष तीन महिना उमेरका छन् । ती गैँडा अहिले पनि मानव वस्तीमा आएर दुःख दिने गरेका छन् । तिनै गैँडालाई कोशीमा पठाउन लागिएको पुनले बताए ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडा पठाउनका लागि सबै तयारी भइसकेको छ । पुरानो खोरलाई पनि मर्मत गरिएको छ । पछिल्लो गणना अनुसार निकुञ्जमा छ सय ९४ गैँडा रहेको तथ्यांक छ । तर उक्त गणनामा यी गैँडा समावेश गरिएको छैन । हाल  देशभर सात सय ५२ गैँडा छन् । हाल पठाउन लागिएका गैँडा हुर्किएपछि भाले पठाएर प्रकृतिमा छोड्ने योजना छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  १२ : २४ बजे

दलहरूलाई रेखाको चुनौती, ‘जेन–जीका माग सम्बोधन गर्ने घोषणापत्र छ ?

काठमाडौं – नायिका तथा नेतृ रेखा थापाले सार्वजनिक रूपमा दलहरूमाथि

स्वास्थ्य बीमा सेवामा अनावश्यक रिफर गर्ने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी 

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्डले

धनुषा पुगेर सभापति थापाको आह्वान, ‘अबको पाँच वर्ष कांग्रेसलाई सरकार चलाउन दिनुस्’

धनुषा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ सोच र दृष्टिसहित

कम्युनिष्ट एकताबाट प्रचण्ड भाग्दैछन् : विप्लव

काठमाडौं– नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट एकताबाट आफूहरू

भोजपुरको हसनपुरबाट ८२६ किलो गाँजा बोकेको ट्रयाक्टरसहित नौजना पक्राउ

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-९ मचुवास्थितबाट ८२६ किलो ६६० ग्राम लागु