दाइजो नल्याएको निहुँमा हत्या, एक जना पक्राउ « Khabarhub

दाइजो नल्याएको निहुँमा हत्या, एक जना पक्राउ


४ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैँचा– सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई  नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए। 

विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप भगत माथि छ । उनले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग रु ३२ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए । थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षको आरोप  छ । 

हत्या भएपछि भगतलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । थप दाइजो माग्दै दिदीको हत्या गरेको भन्दै मृतकका भाइ राकेशले कारवाही गर्न माग गरेको प्रहरीले जनाएको छ ।

उनीहरूको ११ महिनाको छोरासमेत रहेको जनाइएको छ । माइती पक्षले नाबालक छो

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  १२ : ५४ बजे

एसिया–प्रशान्त सहयोगका लागि २ करोड अमेरिकी डलर खर्च गर्ने सीको घोषणा

काठमाडौँ- चीनका राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त क्षेत्रमा क्षेत्रीय सहयोग प्रवर्द्धन गर्न

चितुवा र दुम्सीको आतंकले जैमिनीका किसानलाई पशुपालन र खेती गर्नै मुस्किल

बागलुङ- बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा चितुवा र दुम्सीको आतङ्क बढेपछि किसान

दुबई भ्रमण सकेर फर्किए गृहमन्त्री गुरुङ : सुरक्षा सम्मेलनमा गएर बूढीगण्डकी लगानीको चर्चा

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को

सी, ट्रम्प र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदै, युक्रेन र इरान युद्ध मुख्य एजेन्डा

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

मौलिक संस्कृति र परम्परागत सीपलाई उद्यमसँग जोड्दै व्यासको बेनीकोट

तनहुँ – व्यास नगरपालिका–१३ छापडाँडा भञ्ज्याङस्थित बेनीकोटलाई उद्यमशीलतायुक्त सांस्कृतिक गाउँका