कोशी प्रदेशमा सरकारमा सहमतिको प्रयास जारी : प्रवक्ता मेन्याङ्बो « Khabarhub

कोशी प्रदेशमा सरकारमा सहमतिको प्रयास जारी : प्रवक्ता मेन्याङ्बो


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

खोटाङ– कोशी प्रदेशका खानेपानी, सिञ्चाइँ, उर्जा तथा स्वास्थ्यमन्त्री तीलकुमार मेन्याङ्बोले प्रदेश सरकारमा राजनीतिक दलबीच सहमतिको प्रयास भइरहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा मन्त्री मेन्याङ्बोले कोशी प्रदेशमा कुनै पनि राजनीतिक दलको बहुमत नपुग्ने भएकाले प्रदेश सरकारलाई स्थायित्व दिन सहमतीय सरकार निर्माणको प्रयास थालिएको बताए । 

“जनताले सबै दल मिलेर सरकार बनाऊ भन्ने सन्देशसहित जनमत दिएका छन् । कोशी प्रदेशमा सबै दल मिलेर सरकारलाई स्थायित्व दिनुको विकल्प छैन”, प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री मेन्याङ्बोले भने। 

उनले प्रदेश सरकार अस्थिर हुँदा जनतामा सङ्घीयताप्रति नै वितृष्णा सिर्जना हुने अवस्था आएको समेत बताए । अहिलेकै अवस्थामा मध्यावधि निर्वाचनमा जाने स्थिति पनि नभएको उनको भनाइ छ । निर्वाचनमा जाँदा राज्यको ठूलो खर्च हुने भएकाले प्रदेश सरकारलाई स्थायित्व दिन सहमतिको विकल्प नभएको उनको भनाइ छ । 

नेकपा (एमाले)का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका मन्त्री मेन्याङ्बोले प्रदेश नामकरणका विषयमा असतुष्ट पहिचान पक्षलाई वार्तामा आउन आह्वान गरे। ‘प्रदेशको नाम सबै दलको समर्थनमा नामकरण भएको हो’, प्रदेश सरकारको तर्फबाट गठित वार्ता समितिका संयोजक मेन्याङ्बोले भने, ‘असहमति राख्ने छुट सबैलाई छ, यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो ।’

मन्त्री मेन्याङ्बोले प्रदेश सरकारबाट सञ्चालित योजनाका बारेमा प्रचारप्रसार गर्न आग्रह पनि गरे । ‘प्रदेश सरकारबाट सञ्चालित धेरै योजनाबारे जनतालाई जानकारी छैन । स्वास्थ्य, वन तथा वातावरण, खानेपानी, सिञ्चाइँ, उर्जालगायतका क्षेत्रमा प्रदेश सरकारको ठूलो लगानी छ’, उनले भने, ‘सङ्घीयतालाई स्थायित्व दिन पत्रकारहरूको महत्वपूर्ण भूमिका हुन्छ । प्रदेश सरकारले गरेका हरेक क्रियाकलापका बारेमा खबरदारीपूर्ण तवरले कलम चलाउन सबै पत्रकारहरुलाई म आग्रह गर्दछु ।’

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ४ : ३५ बजे

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

मस्को- युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

रियाद– यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी

एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

नागोया– आयोजक जापानले बीसौँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको