दलालको जालो नतोडेसम्म मुलुक समृद्धितर्फ अघि बढाउन समस्या : गृहमन्त्री « Khabarhub

दलालको जालो नतोडेसम्म मुलुक समृद्धितर्फ अघि बढाउन समस्या : गृहमन्त्री


४ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र दलालहरूको जालो नतोडेसम्म मुलुकलाई समृद्धितर्फ अघि बढाउन समस्या भएको बताएका छन् ।

नेपाल बुद्धिजीवी संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको भ्रष्टाचार विरुद्ध सुशासन प्रवर्द्धनका चुनौति विषयक बिचार गोष्ठीमा बोल्दै उनले राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र दलालहरूको जालोले मुलुकमा भ्रष्टाचारले जरा गाडेका कारण मुलुकलाई समृद्ध बनाउन बाधक भइरहेको भन्दै उक्त जालो तोड्दै सुशासन कायम गर्ने र समृद्धिको दिशातर्फ अघि बढ्न सरकारको लक्ष्य रहेको बताएका हुन् ।

पार्टीलाई भोट बटुल्ने गरि सरकारले सुशासनको कदम नचालेको र सुशासनमार्फत मुलुकलाई समृद्ध बनाउन भ्रष्टाचारीलाई कारवाहीको अभियान सुरु गरेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारको जिम्मेवारी लिएकै दिन सुशासन, समृद्धि र सामाजिक न्यायको घोषणा गरेको भन्दै उनले अहिले सरकार त्यही बाटोमा हिँडिरहेको जिकिर गरे । श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्नुपर्ने र त्यसका लागि जनताको जीवनलाई परिवर्तन गर्न सक्नुपर्ने बताए ।

गृहमन्त्री श्रेष्ठले सरकारले भ्रष्टाचारमा संलग्नको मुख नहेरी संविधान र कानूनअनुसार निष्पक्ष ढंगले दृढतापूर्वक सुशासनको अभियानलाई अघि बढाउनुपर्ने जिकिर गरे । 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ५ : २७ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल