आर्थिक संकट समाधान गर्न एसियाली मुलुकबीच सहकार्यमा जोड « Khabarhub

आर्थिक संकट समाधान गर्न एसियाली मुलुकबीच सहकार्यमा जोड


४ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल विश्वमा देखापरिरहेको आर्थिक संकटको समाधानका लागि एसिया प्रशान्त क्षेत्रका मुलुकहरूका बीचमा सहयोग तथा सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

हाल विश्वका विभिन्न स्थानमा विविध विषय र क्षेत्रका अलग–अलग समस्या उत्पन्न भइरहेका र यसका कारण बहुआयामिक चुनौतीहरू देखापरेकाले ती समस्याको समाधान गर्न एसियाली क्षेत्रमा सहकार्य र सहयोग हुनुपर्नेमा जोड दिएका हुन् ।

जापानको राजधानी टोकियोमा आयोजित एसियन रोजगारदाता सम्मलेनलाई आज सम्बोधन गर्दै अध्यक्ष ढकालले शान्ति र स्थायित्वबिना कुनै पनि समस्या समाधान गर्न सहज नहुने भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएको नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष ढकालले दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, श्रम आप्रवासन र सीप विकासलगायत एसिया प्यासिफिक क्षेत्रका साझा लक्ष्यहरू दोहोर्‍याउँदै, यस क्षेत्रका मुलुक र निजी क्षेत्रबीचको सहकार्य र समन्वयबाट मात्र यी चुनौतीको सामना गर्न सकिने बताए।

ढकालले द्रुत ‘डिजिटलाइजेसन’ र व्यवसाय सञ्चालनमा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) को एकीकरणतर्फ पनि ध्यानाकर्षण गराएका थिए । उनले सम्भावित असमानताहरूलाई न्यूनीकरण गर्न श्रमिकको सीप विकास तथा क्षमता अभिवृद्धि गर्नुपर्ने बताए। 

ढकालले आर्थिक वृद्धि, रोजगारी सिर्जना, साना तथा मझौला उद्यमलाई सहयोग, सामाजिक सुरक्षा, सीप विकास तथा सामाजिक संवादको सुदृढीकरणमा नेपाल प्रतिबद्ध रहेकोसमेत बताए।

नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको र लगानीको प्रचुर सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले दुई ठूला र उदीयमान मुलुक चीन र भारतको बीचमा रहेकाले नेपालमा बजारको ठूलो सम्भावना रहेको पनि बताए। उनले नेपालको जलविद्युत्, पर्यटन पूर्वाधार विकासको क्षेत्र फस्टाउँदो रहेको र यी क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताए ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ५ : ३० बजे

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा

अर्नब चक्रवातको प्रभाव : धानबाली नकाट्न कृषि विभागको आग्रह

काठमाडौँ– कृषि विभागले ‘अर्नब’ चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि किसानलाई

कर्णालीका उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

कर्णाली– कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन

माइतीघरमा पत्रकारको मौन प्रदर्शन

काठमाडौँ– सञ्चारमाध्यममाथि राज्यबाट हस्तक्षेप भएको भन्दै पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघरमा

जलमग्न त्रिवि मैदानबाट मोटर लगाएर पानी निकालिँदै

काठमाडौँ – निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि