बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको प्रशंसा « Khabarhub

बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको प्रशंसा


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको  कार्यक्रमको प्रशंसा गरेका छन्। 

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार वीर अस्पतालमा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकिकरण तथा सम्झौता हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरे जस्तै विपन्न र गरिबको सहज स्वास्थ्य उपचारका क्षेत्रमा गरिरहेका काम प्रशंसनीय रहेको बताए।

मन्त्री बस्नेतले भने, ‘केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफ्ना सबै अस्पताल र प्रतिष्ठानमा जनरल बेड निःशुल्क गर्ने निर्णय गरेपछि बाग्मती प्रदेशलाई पनि विपन्नका लागि प्रदेश मातहतका अस्पतालका बेड निःशुल्क गर्न सल्लाह दियौँ। बाग्मती प्रदेशका स्वास्थ्य मन्त्रीज्युले निर्णय गरेर साथ दिनुभयो।’ केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पताल र प्रतिष्ठानका ३ हजार ५ सय ६५ जनरल बेड निःशुल्क गरेपछि बाग्मती प्रदेशले आफू मातहतका प्रादेशिक अस्पतालहरुका ८०० बेड निःशुल्क गरेको थियो। 

मन्त्री बस्नेतले विपन्न जनतालाई सहज उपचार उपलब्ध गराउने अभियानमा बाग्मती प्रदेशले क्यान्सरका बिरामीलाई केन्द्र सरकारले दिने प्रतिव्यक्ति १ लाख रजैया सहुलियतमा थप ५० हजार रुपैयाँ उपलब्ध गराइरहेको, हृदयरोगका बिरामीलाई १ लाखमा थप गरेर १ लाख १० हजार उपलब्ध गराउने काम प्रशंसनीय रहेको स्वास्थ्य मन्त्री बस्नेतले बताए।

बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले विपन्नको उपचारका लागि विभिन्न कार्यक्रम अगाडि बढाएको भए पनि व्यापक प्रचार प्रसारको कमीले जनमानसमा पुग्न नसकेको बताउँदै हरेक अस्पतालले प्रदान गर्ने सेवा र सुविधाका बारेमा सूचनापाटीमा लेखेर सबैलाई जानकारी गराउनु पर्नेमा जोड दिए। केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लयमा आफू चल्न तयार रहेको बताउँदै प्रदेश स्वास्थ्य मन्त्री जोशीले विपन्नको पहिचान गर्दा स्वघोषणालाई आधार बनाउनु पर्ने सुझाव दिए। 

बाग्मती प्रदेशका सांसद कृष्णकुमार तामाङ, सोना परियार लगायतले बाग्मती प्रदेशले स्वास्थ्य उपचारमा उल्लेखनीय काम गरिरहेको बताए। सो अवसरमा बाग्मती प्रदेशले नेपाल रेडक्रससँग निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता आदान प्रदान गरेको छ भने शहिद गंगालाल हृदयरोग प्रतिष्ठानसँग मुटु रोगको उपचार उपलब्ध गराउन, भक्तपुर क्यान्सर हस्पिटलसँग क्यान्सर रोगको उपचार उपलब्ध गराउने सम्बन्धी सम्झौता आदान प्रदान गरेको छ। 

बागमती प्रदेशको चिकित्सा शाखा प्रमुख डा. खगेश्वर गेलालले बाग्मती प्रदेशले सीमान्तकृत विपन्न जनताका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम र महिला स्वास्थ्य स्वयं सेविकाका लागि स्वास्थ्य बिमामा ५० प्रतिशत सहुलियत दिने कार्यक्रम पनि सुरु गरेको जानकारी दिए।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ६ : १९ बजे

प्रचण्डलगायत माओवादी नेताहरू बुटवलमा 

बुटवल- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र

सीमा सुरक्षा र प्रहरीका पूर्वाधार सुधार सरकारको प्राथमिकतामा : गृहमन्त्री 

मोरङ- गृहमन्त्री सुधन गुरुङले सीमा सुरक्षा सुदृढ बनाउने र प्रहरीका भौतिक

चार मन्त्रालय घटाएर वार्षिक २० अर्ब जोगाएको सरकारको दाबी

काठमाडौं- सरकारले संघीय मन्त्रालयहरूको संख्या कटौती गरेर राज्यको वार्षिक २०

सय दिनमा सरकारले के के गर्‍यो ? (लाइभ)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको सय दिन पूरा

भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २,६४५ पुग्यो, १२ हजारभन्दा बढी घाइते

काराकस– भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २ हजार