बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको प्रशंसा « Khabarhub

बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको प्रशंसा


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको  कार्यक्रमको प्रशंसा गरेका छन्। 

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार वीर अस्पतालमा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकिकरण तथा सम्झौता हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरे जस्तै विपन्न र गरिबको सहज स्वास्थ्य उपचारका क्षेत्रमा गरिरहेका काम प्रशंसनीय रहेको बताए।

मन्त्री बस्नेतले भने, ‘केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफ्ना सबै अस्पताल र प्रतिष्ठानमा जनरल बेड निःशुल्क गर्ने निर्णय गरेपछि बाग्मती प्रदेशलाई पनि विपन्नका लागि प्रदेश मातहतका अस्पतालका बेड निःशुल्क गर्न सल्लाह दियौँ। बाग्मती प्रदेशका स्वास्थ्य मन्त्रीज्युले निर्णय गरेर साथ दिनुभयो।’ केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पताल र प्रतिष्ठानका ३ हजार ५ सय ६५ जनरल बेड निःशुल्क गरेपछि बाग्मती प्रदेशले आफू मातहतका प्रादेशिक अस्पतालहरुका ८०० बेड निःशुल्क गरेको थियो। 

मन्त्री बस्नेतले विपन्न जनतालाई सहज उपचार उपलब्ध गराउने अभियानमा बाग्मती प्रदेशले क्यान्सरका बिरामीलाई केन्द्र सरकारले दिने प्रतिव्यक्ति १ लाख रजैया सहुलियतमा थप ५० हजार रुपैयाँ उपलब्ध गराइरहेको, हृदयरोगका बिरामीलाई १ लाखमा थप गरेर १ लाख १० हजार उपलब्ध गराउने काम प्रशंसनीय रहेको स्वास्थ्य मन्त्री बस्नेतले बताए।

बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले विपन्नको उपचारका लागि विभिन्न कार्यक्रम अगाडि बढाएको भए पनि व्यापक प्रचार प्रसारको कमीले जनमानसमा पुग्न नसकेको बताउँदै हरेक अस्पतालले प्रदान गर्ने सेवा र सुविधाका बारेमा सूचनापाटीमा लेखेर सबैलाई जानकारी गराउनु पर्नेमा जोड दिए। केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लयमा आफू चल्न तयार रहेको बताउँदै प्रदेश स्वास्थ्य मन्त्री जोशीले विपन्नको पहिचान गर्दा स्वघोषणालाई आधार बनाउनु पर्ने सुझाव दिए। 

बाग्मती प्रदेशका सांसद कृष्णकुमार तामाङ, सोना परियार लगायतले बाग्मती प्रदेशले स्वास्थ्य उपचारमा उल्लेखनीय काम गरिरहेको बताए। सो अवसरमा बाग्मती प्रदेशले नेपाल रेडक्रससँग निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता आदान प्रदान गरेको छ भने शहिद गंगालाल हृदयरोग प्रतिष्ठानसँग मुटु रोगको उपचार उपलब्ध गराउन, भक्तपुर क्यान्सर हस्पिटलसँग क्यान्सर रोगको उपचार उपलब्ध गराउने सम्बन्धी सम्झौता आदान प्रदान गरेको छ। 

बागमती प्रदेशको चिकित्सा शाखा प्रमुख डा. खगेश्वर गेलालले बाग्मती प्रदेशले सीमान्तकृत विपन्न जनताका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम र महिला स्वास्थ्य स्वयं सेविकाका लागि स्वास्थ्य बिमामा ५० प्रतिशत सहुलियत दिने कार्यक्रम पनि सुरु गरेको जानकारी दिए।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ६ : १९ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत