नेपाल पाकिस्तानसँग पराजित | Khabarhub Khabarhub

नेपाल पाकिस्तानसँग पराजित


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ च्याम्पियनसीपअन्तर्गत आज भएको खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई १–० गोलअन्तरले पराजित गरेको हो । पाकिस्तानको जितमा अली जफरले गोल गरे । उनले खेलको ७६औँ मिनेटमा गरेको एक गोल नै पाकिस्तानको लागि निर्णायक गोल सावित भयो । जफरले करिब ३० यार्डबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो ।

खेल अवधिभर नेपालको प्रदर्शन भने फिलतो रहेको थियो । अब पाकिस्तानले शनिबार माल्दिभ्ससँग खेल्नेछ । त्यस्तै नेपालले भने सोमबार माल्दिभ्सको सामना गर्नेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स रहेको छ । त्यस्तै समूह ‘बी’मा भारत, बङ्गलादेश र भुटान रहेको छ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ८ : ४२ बजे

इन्डियन प्रिमियर लिग आईपीएलको ‘अक्सन’ दुबईमा 

काठमाडौँ– इन्डियन प्रिमियर लिग आईपीएलको ‘अक्सन’ दुबईमा हुने भएको छ

भूकम्पप्रभावितलाई ३० लाख सहयोग

काठमाडौँ– निर्माण व्यवसायी विकास परिषद्ले भूकम्पप्रभावितलाई ३० लाख रकम सहयोग

एनसेललाई त्यतिकै छाडिन्न, अध्ययन गरिन्छ : प्रधानमन्त्री

काठमाडौं- निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–विक्री सम्बन्धमा

केन्द्र सरकारले दिएको सेवा प्रभावकारी हुनुपर्छ : मुख्यमन्त्री कार्की

कटारी– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्र सरकारले दिएको निःशुल्क

मेडिकल काउन्सिलको अध्यक्षमा डा.चोपलाल भुसाल नियुक्त

काठमाडौं – नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. चोपलाल भुसाल नियुक्त