७० वर्षीया वृद्धाको हत्या आरोपमा दुई जना पक्राउ « Khabarhub

७० वर्षीया वृद्धाको हत्या आरोपमा दुई जना पक्राउ


४ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

गोरखा – आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० वर्षीया सुनमाया लामाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका ३१ वर्षका कर्मा छिरिङ र १८ बर्षका साने भन्ने सुपराज लामा रहेको प्रहरीले जनाएको छ।

गत भदौ ३० गते बिहान करिव दश बजे सुनमायाको शव आफ्नै घरभित्रको कोठाको बलोमा झुण्डिएको अवस्थामा फेला परेको थियो। दुवै कानको च्यातिएको अवस्थामा भएकाले हत्याको आशंका गर्दै प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। प्रहरी निरीक्षक शेखर खड्का नेतृत्वको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गर्दा हत्या भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार लुटपाटको उद्देश्यले वृद्धाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। घटना ढाकछोप गर्न मृतकलाई कोठाको बलोमा झुण्ड्याएको पाइएको उनको भनाइ छ।

बुधबार पक्राउ परेका उनीहरुलाई कर्तव्य ज्यान कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ९ : १४ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको