भारतमा एक नेपालीको मृत्यु | Khabarhub Khabarhub

भारतमा एक नेपालीको मृत्यु


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – भारतको एक तालमा डुबेर एक नेपालीको ज्यान गएको छ। ज्यान गुमाउनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–७ टेडुवाका ३५ वर्षीय कुलबाहदुर शाह रहेका छन्।

भारतको टिल्ला नम्बर ४ मा रहेको तालमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। भारतको टिल्ला ताल बेलौरी नगरपालिका–१० सँगै जोडिएको सिमावर्ती क्षेत्र हो।

शाह टिल्ला नम्बर ४ का अमरजित सिंहको घरमा काम गर्दै आएका थिए। उनी मंगलबार साँझ घरमा जान्छु भन्दै त्यहाँबाट नेपालतर्फ आएको बुझिएको छ।

उनी घर नपुगेपछि खोजी गर्दा बुधबार बिहान तालमा डुबेको अवस्थामा उनको शव फेला परेको थियो। उनको शव परिक्षणका लागि भारतीय प्रहरीले पिलिभित पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  १० : १८ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु