प्रेमिकालाई ३० केजी प्रेमपत्र लेख्ने नेहरु ! | Khabarhub Khabarhub

प्रेमिकालाई ३० केजी प्रेमपत्र लेख्ने नेहरु !



भारतका प्रथम प्रधानमन्त्री पं. जवाहरलाल नेहरु र स्वतन्त्र भारतका प्रथम गभर्नर जनरल लर्ड माउन्टबेटनकी पत्नी एड्विनाबीच धेरै विषयमा समानता थियो । यी दुवैले बेलायतको समाजवादी शिविरबाट दीक्षा लिएका थिए । यी दुवैका शुभचिन्तक रहेका वकिल तथा पत्रकार बीके कृष्णमेननले सम्बन्ध सेतूको भूमिका निभाएका थिए । एड्विना–नेहरु चिनजानको जश यिनै मेननलाई जान्छ ।

सन् १९३६ मा नेहरुको आत्मकथा लण्डनस्थित ‘बोडने हेड’ले प्रकाशित गरेको थियो । जुन समयमा कृष्णमेनन यही प्रकाशन गृहको ट्वान्टीथ सेन्चुरी लाइब्रेरी पुस्तक मामलाका सम्पादक थिए । प्रथम प्रधानमन्त्री बन्ने घोषणाअघि मेननले एड्विनालाई नेहरुबारे लेखिएको पुस्तक पढ्न प्रेरणा दिएका थिए । यही समयमा नै नेहरु पत्नी कमला नेहरुको स्वर्गारोहण भएको थियो । सन १९२२ मा एड्विनाले पहिलोपल्ट भारत भ्रमण गरेकी थिइन् । त्यतिबेला नै भारतको स्वतन्त्रता आन्दोलनप्रति उनको सहानुभूति थियो ।

एड्विना सानै उमेरकी छँदै उनको आमाको मृत्यु भएको थियो । आमाको मृत्युले उनलाई अन्तरमुखी बनाएको थियो । यस घटनाले उनी धेरै संवेदनशील भएकी थिइन् । यही संवेदनशीलताले भारतीय स्वतन्त्रता संग्राममा उनको दिलचस्पी बस्यो । यही कारण नेहरु नजिक पुगिन् ।

१४ फेब्रुअरी १९२२ को साँझ भारतका बायुसराय लर्ड रिडिडले प्रिन्स अफ वेल्सको सम्मानमा नृत्य आयोजना गरेका थिए । प्रिन्स अफ वेल्सका साथ महारानी भिक्टोरियाका नाति माउन्टबेटन पनि भारत आएका थिए । त्यही साँझ माउन्टबेटनले लेडी रिडिडको निजी पाहुना लड ऐस्लेकी छोरी एड्विना एस्लेकासाथ विवाहको प्रस्ताव राखे । उनीहरु लण्डनमा विवाह बन्धनमा बाँधिए । एड्विनाका पिता इङल्याण्डका विख्यात प्रधानमन्त्री लर्ड पामस्ट्रन   बंशका हुन् । बाजे सर अर्नेस्ट क्यासेलले धेरै भौतिक सम्पत्ति छोडेका थिए ।

एड्विना सानै उमेरकी छँदै उनको आमाको मृत्यु भएको थियो । आमाको मृत्युले उनलाई अन्तरमुखी बनाएको थियो । यस घटनाले उनी धेरै संवेदनशील भएकी थिइन् । यही संवेदनशीलताले भारतीय स्वतन्त्रता संग्राममा उनको दिलचस्पी बस्यो । यही कारण नेहरु नजिक पुगिन् ।  सन् १९४५ मा पतिका साथ भारत घुम्न आएको बेला नेहरुसँग भेट्ने प्रबल इच्छा जागृत भयो । तर त्यस समय नेहरु भारतमा नजरबन्द थिए । भारत सरकारले उनलाई भेट्ने अनुमति दिएन ।

यसपछि विश्व राजनीतिमा परिवर्तन देखिन थाल्यो । सन् १९४६ मा एड्विना तथा उनका पति पटकपटक भारत आउँदा नेहरु जेलबाट छुटिसकेका थिए । नेहरुको मनमा नेताजी सुभाषचन्द्र बोसद्वारा संगठित आजाद हिन्द फौज र दक्षिण पूर्व एशियामा भारतीयहरूको गतिविधिका प्रति गहिरो सहानुभूति थियो । नेहरु बर्मा वा मलायामा उनीहरूसँग भेट गर्न चाहन्थे ।

यस समयमा माउन्टबेटन दक्षिण पूर्व एशियामा मित्रराष्ट्र सेनाका सर्वोच्च सेनापति थिए । नेहरुको प्रस्ताव माउन्टबेटन समक्ष राखियो । तर बर्माका गभर्नरले नेहरुलाई बर्मा जाने अनुमति दिन इन्कार गरे । माउन्टबेटनले सर्वोच्च सेनापतिको हैसियतले गभर्नरको आदेश रद्द गरेर नेहरुलाई बर्मा र सिंगापुरको यात्रा प्रबन्ध मिलाइदिए । यति मात्र नभएर उनी एड्विनाको साथ लागेर नेहरु पुग्नु एकदिन अघि नै सिंगापुर पुगेका थिए ।

नेहरुलाई होटलसम्म पुर्‍याइदिने बहानामा निस्केका माउन्टबेटनले नेहरुलाई भने– ‘मेरी पत्नी तपाईँसँग भेट्न असाध्य इच्छुक छिन् । उनी सिंगापुरमा कल्याणकारी कामको निरीक्षणमा व्यस्त छिन् । अहिले उनी तपाईँका कार्यकर्तासँग वाईएमसीए भवनमा बसिरहेकी छिन् ।’ नेहरुले खुसीसाथ एड्विनालाई भेट्न सहमति जनाए ।

ब्रिटिस प्रशासनले नेहरुको सवारी प्रबन्धमा इन्कारी गरेको थाहा पाएपछि माउन्टबेटनले प्रधान सेनापतिको हैसियतले एउटा निजी कारको व्यवस्था मिलाइदिए । नेहरुको स्वागतका लागि सिंगापुर हवाई अड्डामा भारतीयहरू जान पाउने समेत प्रबन्ध गरिदिए । नेहरु विमानबाट ओर्लिएपछि माउन्टबेटनका निजी प्रतिनिधिले उनको स्वागत गरे । करिब एक घण्टा उनले नेहरुलाई आफ्नै गाडीमा घुमाए ।

नेहरुलाई होटलसम्म पुर्‍याइदिने बहानामा निस्केका माउन्टबेटनले नेहरुलाई भने– ‘मेरी पत्नी तपाईँसँग भेट्न असाध्य इच्छुक छिन् । उनी सिंगापुरमा कल्याणकारी कामको निरीक्षणमा व्यस्त छिन् । अहिले उनी तपाईँका कार्यकर्तासँग वाईएमसीए भवनमा बसिरहेकी छिन् ।’ नेहरुले खुसीसाथ एड्विनालाई भेट्न सहमति जनाए । कारले बाटो बदल्यो ।

नेहरु र माउन्टबेटनलाई ढोकाबाट छिरेको देखेपछि भारतीय अर्कै ढोकाबाट छिरे । यस भेटको वर्णन नेहरु पुत्री इन्दिरा गान्धीले गर्दै भनेकी छिन्– ‘सिंगापुरमा एड्विना र मेरो पिताको भेट हुँदा उनी आश्चर्यचकित भइन् । जसरी मेरो पिता भित्र छिर्नुभयो, त्यसैगरी भीड पनि भित्र छिर्‍याे । भीडको धक्काले गर्दा एड्विना भूइँमा पछारिइन् । मेरो पिता र माउन्टबेटनले झटपट उठाउनुभयो ।’ एड्विना र नेहरुको यो पहिलो भेट थियो । जुन भेट मित्रता र प्रेममा अनुवाद भयो ।

यो प्रेम धेरै गहिरो तथा अनेकौँ धरातलमा प्रवाहित हुनपुग्यो । दुवै जना विशिष्ट व्यक्ति थिए । नेहरु अत्यन्त संवेदनशील र भावुक पुरुष थिए, जो आफ्नी पत्नीको वियोगपछि नितान्त एक्लो बनेका थिए । उनलाई एकजना बुद्धिमान साथी र प्रेमिकाको खाँचो थियो, जसले उनको मस्तिष्क कुशाग्र बनाई राख्न र सधैँभरि प्रसन्न बनाउने क्षमता राख्दछे

माउन्टबेटन हिरो अफ आवर टाईमका लेखक रिचर्ड होले लेखेका छन्– ‘सिंगापुरको मध्यभागमा रहेको कुटीमा बस्ने एड्विनाले जुन सुन्दर व्यक्तिलाई पहिलोपल्ट देखिन्, त्यो व्यक्ति नै उनको जीवनको सर्वाधिक प्रिय र एकमात्र प्रेमी बन्न पुगे । यो प्रेम धेरै गहिरो तथा अनेकौँ धरातलमा प्रवाहित हुनपुग्यो । दुवै जना विशिष्ट व्यक्ति थिए । नेहरु अत्यन्त संवेदनशील र भावुक पुरुष थिए, जो आफ्नी पत्नीको वियोगपछि नितान्त एक्लो बनेका थिए । उनलाई एकजना बुद्धिमान साथी र प्रेमिकाको खाँचो थियो, जसले उनको मस्तिष्क कुशाग्र बनाई राख्न र सधैँभरि प्रसन्न बनाउने क्षमता राख्दछे । नेहरुको जीवनमा अप्रत्याशित प्रवेश गरेकी एड्विना सम्पूर्ण आवश्यकता पूरा गर्न सफल भइन् ।’

यो प्रेममा समग्रता थियो किनकि लर्ड माउन्टबेटन, नेहरु र एड्विनाबीच त्रिभुज बनेनन् । पति–पत्नीबीच सामञ्जस्य कायमै थियो । प्रेमी र पति दुवैसँग समदूरी रह्यो । एड्विनालाई राम्रोसँग थाहा थियो– नेहरुको सर्वोच्च प्रेमी भनेका भारतीय जनता हुन् । त्यसैले एड्विना भारतीय जनताको सुखदुःखमा सहभागी भइन् । कार्यक्षमता अद्भूत भएकी उनी मुस्किलले पाँच घण्टा सुत्थिन् । एकाबिहानै काममा लाग्ने स्वभाव थियो । दिनभर अस्पताल र शरणार्थी शिविरमा व्यस्त रहन्थिन् । पानीदेखि चिकित्सा सेवामा दत्तचित्त दिएर काम गर्नुपर्थ्यो ।

नेहरु, एड्विना र लर्ड माउन्टेनबीच अटुट पत्र आदानप्रदानको सिलसिला चल्यो । नेहरुको पत्र एड्विनाको मृत्युपछि उनका पतिले सँगालेर राखे । फलामका बक्सामा भरिएको पत्र जोख्दा ३० केजी बढी थियो । नेहरुको जीवनमा ६१ देखि ७० वर्षसम्म कुनै युवा प्रेमीले प्रेमिकालाई प्रेमपत्र लेख्दा सुगन्धित फूलको थुँगा टाँसेर पठाएजस्तै गरी एड्विनालाई पत्र लेखेका थिए ।

भारत विभाजनको समयमा पाकिस्तानबाट शरणार्थीहरु रेलगाडीमा भरिभराउ भएर दिल्ली आइरहेका थिए । यी मध्ये एउटा रेलगाडी लालसेनाले भरिएको थियो । जतिबेला यो खबर एड्विनालाई थाहा भयो, त्यतिबेला उनी नेहरुको घर पुगिन् । नेहरुको घरमा रात्रीभोज चलिरहेको थियो । जसमा स्वास्थ्यमन्त्री राजकुमारी अमृत कौर पनि सामेल थिइन् । एड्विनाले त्यतिबेला यतिमात्र भनिन्– ‘म तुरुन्त स्टेशन जान्छु ।’ कुनै सुरक्षा प्रबन्ध विना नै स्टेशनतर्फ लागिन् । उनको यसखाले साहसी कदमले नेहरुको मन, मुटु र मस्तिष्क जित्यो । नेहरुको प्रेम पाउन एड्विनाले आफ्नो सम्पूर्ण माया भारतीय जनतामा खन्याइन् ।

नेहरु, एड्विना र लर्ड माउन्टेनबीच अटुट पत्र आदानप्रदानको सिलसिला चल्यो । नेहरुको पत्र एड्विनाको मृत्युपछि उनका पतिले सँगालेर राखे । फलामका बक्सामा भरिएको पत्र जोख्दा ३० केजी बढी थियो । नेहरुको जीवनमा ६१ देखि ७० वर्षसम्म कुनै युवा प्रेमीले प्रेमिकालाई प्रेमपत्र लेख्दा सुगन्धित फूलको थुँगा टाँसेर पठाएजस्तै गरी एड्विनालाई पत्र लेखेका थिए । यी पत्रहरूमा नेहरुका निर्मल निश्चल स्नेह प्रस्फुटित भएको पाइन्छ । पत्र त एड्विनाले पनि नेहरुलाई लेखेकी थिइन् तर नेहरु परिवार खासगरी पुत्री इन्दिरा गान्धीले पत्र सार्वजनिकमा रुचि देखाइनन् । माउन्टबेटनले यी पत्रलाई ‘प्रेमपत्र’ संज्ञा दिएका थिए । उनको भनाइ थियो– ‘नेहरुले मलाई लेखेको पत्र टाइप गरेको हुन्थ्यो भने एड्विनालाई आफ्नै हातले लेखेर पठाउँथे ।’

लर्ड माउन्टबेटन भारतीय गभर्नर जनरल पदबाट मुक्त भई आफ्नो कार्यभार चक्रवर्ती राजगोपालाचारीलाई सुम्पेर भारतबाट रवाना हुने बेलामा बिदाइ भोज गरिएको थियो । भोजको समाप्तिमा नेहरु केही शब्द बोल्न उठ्दा यस्तो प्रतीत हुन्थ्यो कि उनका खुट्टा जकडिएका छन् । धेरै समय लगाएर उनी उठे तर अवाक भएर बोल्न सकेनन् । उनको अनुहारमा विछोडको छायाँ झल्किएको थियो ।

गुणैगुणको यो आश्चर्यजनक मिश्रणले तिमीलाई एक जाज्वल्यमान व्यक्तित्व एवं घाउमा राख्दा पनि नबिझाउने मृदु स्पर्श प्रदान गरेको छ । तिमी जहाँ जान्छ्यौ त्यहाँका अभिव्यक्तिहरुलाई ढाडस मिल्छ, आशा मिल्छ र मिल्छ प्रोत्साहन । यदि भारतीय जनता तिमीलाई आत्मादेखि प्रेम गर्न थाले, आफूमध्ये एक मान्न थाले र तिम्रो बिदाइमा दुखी भए भने त्यो आश्चर्य होइन ।

भावविभोर भएर एड्विनातर्फ हेर्दै भने– ‘देवता वा कुनै सुन्दर देवीले सौन्दर्य, सालिनता र जीवनशक्तिको महानता दिएका छन् । र यी गुणहरुकी स्वामिनी तिमी एक महान नारी हौ, चाहे तिमी जहाँ गए पनि । सृष्टिको नियम नै छ, जसको साथ पहिलादेखि नै प्राप्त हुन्छ, उसलाई अरु कुरा पनि प्राप्त हुन्छ । उनीहरूले तिमीलाई अर्को एउटा कुरा पनि दिएका छन्– मानवीय स्पर्श, मानव जातिप्रति प्रेम, उनीहरूको सेवाको भावना जो पीडित छन्, कठिनाइमा परेका छन् ।

गुणैगुणको यो आश्चर्यजनक मिश्रणले तिमीलाई एक जाज्वल्यमान व्यक्तित्व एवं घाउमा राख्दा पनि नबिझाउने मृदु स्पर्श प्रदान गरेको छ । तिमी जहाँ जान्छ्यौ त्यहाँका अभिव्यक्तिहरुलाई ढाडस मिल्छ, आशा मिल्छ र मिल्छ प्रोत्साहन । यदि भारतीय जनता तिमीलाई आत्मादेखि प्रेम गर्न थाले, आफूमध्ये एक मान्न थाले र तिम्रो बिदाइमा दुखी भए भने त्यो आश्चर्य होइन ।’ एड्विनालाई ज्ञान थियो कि हृदय सम्राट नेहरु वियोग सहन सकिरहेका थिएनन् । अब उनीहरु एक अर्कालाई भेट्न, देख्न पाउने छैनन् । राष्ट्रपति भवनको तरुण तालमा सँगसँगै तैरिन पाउँदैनन्, न त पाउँछन् सिमलाको बायसराय भवनको वनमा सँगसँगै विचरण गर्न नै ।

सन् १९४९ मा नेहरु ब्रिटिस राष्ट्रमण्डलको सम्मेलनमा भाग लिन बेलायत गएका थिए । जब नेहरुलाई फुर्सद हुन्थ्यो, एड्विना घुम्न लैजान्थिन् । एड्विनाको जीवनमा नेहरुको उपस्थिति महत्वपूर्ण बनेको थियो । दुवैका लागि लामो समयसम्म अलग रहन असम्भव जस्तै थियो । जसका कारण एड्विनाले जीवन पुनर्गठित गर्दै भारत आउजाउको प्रबन्ध मिलाइन् । भारतमा सामाजिक कामको संलग्नता विस्तार गरिन् भने दक्षिणपूर्व एशियामा रेडक्रस, एम्बुलेन्स र बाल रक्षा कोषमा सम्बन्ध यथावत राखिन् । उनैले सन् १९५९ मा नेहरुको ७०औँ जन्मदिनको अवसर पारेर रात्रिभोज दिएकी थिइन् । त्यो उमेरमा पनि नेहरु हट्टाकट्टा देखिन्थे ।

नेहरु उमेरले सात दशक नाघे । १९६० को जनवरीमा प्रेमिकालाई पत्र लेख्दै नेहरुले भने– ‘यसपटकको गणतन्त्र दिवसमा तिमी जसरी भएपनि भारत आउनू ।’ नेहरुको अनुरोध कदर गर्दै एड्विनाले यता आउने लामो कार्यक्रम बनाइन् ।

नेहरु उमेरले सात दशक नाघे । १९६० को जनवरीमा प्रेमिकालाई पत्र लेख्दै नेहरुले भने– ‘यसपटकको गणतन्त्र दिवसमा तिमी जसरी भएपनि भारत आउनू ।’ नेहरुको अनुरोध कदर गर्दै एड्विनाले यता आउने लामो कार्यक्रम बनाइन् । जसअनुसार दिल्लीको भ्रमण सकेर कोरियासम्म पुग्ने कार्यक्रम थियो । सोभियत संघका राष्ट्रपति मार्सल बोरोसिलोभ मुख्य अतिथि थिए । नेहरु इण्डिया गेट पुग्नुअघि नै एड्विना विशिष्ट व्यक्ति बस्ने ठाउँमा पुगिसकेकी थिइन् । नेहरु खुला गाडीमा आए । यस अवसरमा पाएको भव्य स्वागतबाट उनी प्रफुल्लित भइन् ।

चारैतिर नेहरुको जयजयकार भइरहेको थियो । लाग्थ्यो, यो बिहेको स्वयंवर हो, जन्ती ताली बजाउन मग्न छन् । नेहरु पुत्री इन्दिरा गान्धी पनि बाबुसँगै आएर बसिन् । यही नै उनीहरूको उत्तरार्द्धको भेट रह्यो । त्यसको एकाध दिनपछि नेहरुले विमानस्थल पुगेर हात हल्लाउँदै बिदाइ गरे । भारतबाट बिदा भएर गएको एक महिनापछि अप्रत्याशित टाउको दुखाइबाट पीडित भइन् । अस्पताल भर्ना गरियो । चिकित्सकले गरेको बचाउने प्रयास सफल भएन । अन्ततः उनी महाप्रस्थानमा लागिन् ।

यो फूलको त्यही थुँगा थियो, जुन प्रत्येक प्रेमपत्रको खाममा टाँसेर पठाइएको हुन्थ्यो । नेहरु–एड्विनाको डेढ दशकको प्रेम यात्रा अन्ततः वियोगान्तसँगै सकियो । एड्विनासँगको वियोगबाट घायल नेहरुले शोक शक्तिमा बदल्न सकेनन् ।

एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जान लागेकै बखत नेहरुको कानमा यो अप्रिय समाचार ठोक्कियो । अप्रत्याशित खबरले उनी भाव शून्य बने । भारतको सम्मानित संसदले एड्विनाप्रति श्रद्धासुमन अर्पण गर्‍याे । एड्विनाले मृत्युअघि नै इच्छापत्र लेखेर आफ्नो मृत शरीर जमिनमा नभएर समुद्रको सतहमा छोड्न आग्रह गरेकी रहिछिन् । उनको यो इच्छालाई कतिपयले सन् १९४० मा डुबेको जहाजका अंग्रेज नौ सैनिकको अवस्थामा आफ्नो पनि संलग्नता गराएर उनीहरूको भाग्यमा साझेदारी खोजेको अर्थ लगाए ।

ब्रिटिस सरकारले उनको इच्छाअनुसार नै समाधिको प्रबन्ध मिलायो । नेहरु भारतीय नौ सैनिक जहाज लिएर समाधि समारोहमा सहभागी भए । काश्मिरको ताजा फूलको गुत्थी लिएर गएका नेहरुले त्यही फूलले अन्तिम बिदाइ गरे । यो फूलको त्यही थुँगा थियो, जुन प्रत्येक प्रेमपत्रको खाममा टाँसेर पठाइएको हुन्थ्यो । नेहरु–एड्विनाको डेढ दशकको प्रेम यात्रा अन्ततः वियोगान्तसँगै सकियो । एड्विनासँगको वियोगबाट घायल नेहरुले शोक शक्तिमा बदल्न सकेनन् । प्रेमिका गुमाएको चार वर्षपछि उनी पनि यस जगतबाट सदासदाका लागि बिदा भए ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ६ : ०५ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि