त्रिदेशीय टी–ट्वान्टी सिरिजमा आज नेपाल र हङकङ खेल्ने  « Khabarhub

त्रिदेशीय टी–ट्वान्टी सिरिजमा आज नेपाल र हङकङ खेल्ने 


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । 

काठमाडौँको मूलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुने खेलमा नेपाल आज जित निकाल्दै सिरिजको फाइनलमा पुग्ने लक्ष्यमा छ ।

यस्तै हङकङ भने पहिलो खेलमा नेपालसँगको हारको बदला लिने उद्देश्यका साथ मैदानमा उत्रँदैछ ।

नेपालले यसअघिका खेलमा यूएई र हङकङलाई हराएको थियो । आज पनि हङकङलाई पराजित गरेमा नेपाल फाइनलमा पुग्ने छ भने हङकङ र यूएईबीचको एक टिम उपाधिका लागि नेपालसँग खेल्ने छन् ।

पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको थियो भने दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो ।

सिरिजमा नेपालसहित यूएई र हङकङ समावेश छन् । सिरिजको फाइनल खेल कात्तिक १० गते किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ८ : ०८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको