पटकथाको परम्परा बसाल्ने सिनेकर्मी देबु सेन | Khabarhub Khabarhub

पटकथाको परम्परा बसाल्ने सिनेकर्मी देबु सेन

नेपाली चलचित्रका घोस्ट राइटर


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चलचित्रमा निर्देशक कलाकार र क्यामेरा मेन तीनै जनालाई जोड्ने काम पटकथाकारले गर्छ। उसले कथालाई फिल्मसँग जोड्छ। पटकथाकारलाई अंग्रेजीमा स्क्रिप्ट लेखक भनिन्छ। नेपालीमा दृश्या लेखक पनि भन्ने गर्छन्। कसैले आलेख पनि भन्ने गर्छन्। तर स्क्रिप्ट लेखक भनेको चलचित्रको कथा र संवादलाई जोड्ने पात्र हो।

नेपाली चलचित्र नेपालमा बन्न सुरु भएपछि प्रमुख रूपमा केही निर्देशक आए। निजी क्षेत्रबाट पहिलो फिल्म बनाउने बि एस थापा र शाही नेपाल चलचित्र संस्थानबाट निर्देशनको करियर सुरु गर्ने प्रकाश थापा हुन्।

फिल्मको निर्देशनको पटकथाहरू बम्बइमै लेखिन्थ्यो। यसबाहेक अन्य फिल्मका निर्देशकहरुको पनि पटकथा प्रकाश थापाको शैलीमा बम्बईमा नै लेख्न थाल्यो।

नेपालका निर्देशकले त्यो बेला नेपालको लेखकको कथामा फिल्म बनाए पनि पटकथा बम्बईमा नै लेखिन्थ्यो। लेखकहरूको लागि पटकथा नयाँ विधा थियो। पटकथा टेक्निकल टममा लेखिन्थ्यो। क्लोजप कसरी हुन्छ, लङसट कसरी हुन्छ, पात्र दुई जना भयो भने कसरी लेखिन्छ भनेर सबै जान्ने मान्छे नै पटकथाकार हुन्थ्यो।

त्यो बेला हाम्रोमा पढेलेखेका प्रशिक्षित पटकथाकार नभएका कारणले हाम्रा निर्देशकहरू मध्ये प्रमुख रूपमा प्रकाश थापाले बम्बईमा पटकथा लेखाउन थाल्नुभयो। बम्बईमा नै संवाद पनि लेखाउन थाल्नुभयो।

जसमध्ये उहाँका फिल्महरू निकै चर्चित भए। तर एउटा फिल्ममा चाहिँ उहाँको त्यो गल्ती पक्रियो। त्यो फिल्म थियो सन्तान। त्यसमा नायक अर्जुनजंग शाहीले एउटा संवाद बोलेका थिए, ‘अरे हो घोचु’ भन्ने।

फिल्म समीक्षक त्यो बेलाको चलचित्र पत्रकारिता गरिरहेका पत्रकार शरदचन्द्र बस्तीले अन्तरवार्ता गर्ने क्रममा नायक अर्जुनजंग शाहीलाई सोधे ‘तपाईंले फिल्ममा जुन घोचु भन्ने शब्द बोल्नुभयो त्यसको अर्थ के हो’ भनेर साधे। अर्जुनजंग शाहीले ‘मलाई यसको अर्थ थाहा छैन। मलाई डाइरेक्टरले बोल भन्नुभयो र मैले भने’ उनले भनेका थिए।

यहाँ के बुझिन्छ भने प्रकाश थापाले यो फिल्मको स्कृप्ट र डायलग बम्बईमा लेखाए। नेपालीमा अनुवाद गरे तर यो घोचु भन्ने शब्दको नेपाली अनुवाद भएन र त्यही प्रयोग गरे।

त्यो संवाद बोलिएपछि प्रकाश थापाले स्क्रिप्ट बम्बईको चर्चित घोस्ट राइटरलाई लेखाउनुरहेछ भन्ने रहस्य खुल्यो।

त्यो स्क्रिप्ट लेखकको नाम हो देबु सेन। उनको त्यो बेला बनेका धेरै नेपाली चलचित्रमा अमूल्य योगदान छ। उनको चलचित्रमा केही नाम आउँदैनथियो। निर्देशले बाहेक कसैले पनि उनलाई भेटेको हुँदैनथियो। तर उनले नेपाली फिल्महरूको लागि स्क्रिप्ट धेरै पटक लेखेका छन्।

प्रकाश थापाबाहेक अन्य इतरका निर्देशकले सफल फिल्म उनलाई नै लेखाएका थिए। जतिबेला नेपालमा पटकथा संवाद लेखक नेपालीहरू हुने चलन थिएन।

नेपाली चलचित्र निर्माणको बिहानी कालका यी पटकथा संवाद लेखक देबु सेन जसको नेपाली चलचित्रमा नाम छैन, यिनी को हुन् त ? यो प्रश्न धेरैका लागि अनत्तरित छ।

पछि काठमाडौँमा पनि आएर केही नेपाली फिल्मको यिनले पटकथा संवाद पनि लेखे। चर्चित निर्देशकहरुले आफैले लेखिसकेको पटकथा संवाद पनि उनलाई एक पटक चिकित्सकीय निरीक्षण गराउन लगाउने गर्दथेँ। । कस्तो भएछ हेरीदिनु पर्याे भनेर लान्थे। त्यो गरे बापत पनि उनले पारिश्रमिक लिन्थे।

फिल्ममा नाम क्रेडिट नचाहिने ती देबु सेनले धेरै नेपाली फिल्ममा पटकथा संवाद लेखे तर ती देबु सेन भारतका एक प्रसिद्ध निर्देशक विमल रोयका सहायक थिए। अहिलेका प्रसिद्ध गीतकार सायर फिल्म निर्देशक गुल्जारका सहकर्मी थिए।

देबु सेनका परिचयका बारेमा गुल्जारले आफ्नो नयाँ पुस्तकमा लेखेका छन्। ‘विमल रोय भन्ने एउटा अध्यायमा हामी छिट्टै देबु सेनसँग निकट भएर विमल रायकोमा पुग्यौँ। मेरो नाम देबु सेनले नै विमल दाय दालाई भन्नु भएको थियो। त्यो बेला विमल रोयका सहायकका रूपमा देबु सेन फिल्ममा काम गर्दै थिए। देबु सेन म बसेको फ्ल्याटको रुम पार्टनर हुनुहुन्थ्यो। देबु सेनलगायत त्यो बेला हामी आइपिटिए (इन्डियन पिपुल्स थ्रेट एसोसिएसन) मा देबु सेन, प्रेम धवन, रुमा गोहात कुर्था जो किशोर कुमारकी पहिलो पत्नी हुनुहुन्छ। उहाँ र म एउटा संस्थामा आबद्ध थियौँ। म त्यहाँ पार्टटाइम लेखकको रूपमा संघर्ष गर्दै थिएँ। देबु, विमल रायको सुटिङबाट फर्केर आएपछि मलाई कथाहरू सुनाउँथ्यो।’ भनेर गुल्जारले देवु सेनबारे लेखेका छन्।

यहाँ के बुझिन्छ भने देबु त्यति बेला गुल्जार भन्दा पनि अग्रज मानिन्थे र विमल रायको सहायक निर्देशकका रूपमा आबद्ध थिए। विमल राय जसले मधुमति जस्तो फिल्म बनाए। देवदास लगायतका धेरै सफल फिल्महरू बनाएका छन् । विमल रोयलाई अहिले पनि भारतीय फिल्म उद्योगमा बढो श्रद्धाका साथ हेरिन्छ।

अर्को एउटा प्रसङ्गमा उनले भनेका छन्, ‘मलाई पहिलो पटक विमल रायकोमा लिएर गए देबु सेनले र देबुले भने विमल रायलाई ‘विमल दा माइ फ्रेन्ड गुल्जार’। विमल रायले आफ्नो सिग्नेचर टोनमा ‘हुम्’ मात्र गर्नुभयो। यो नै मेरो विमल रायसँगको पहिलो परिचय थियो। यो विमल रायको ‘हुम्’ गर्ने बानी अन्तिम समयसम्म पनि यादका रुपमा लिएँ। विमल रायले देबुलाई सोधे के यो केटाले वैष्णव काव्य बुझ्छ ? अनि देबु सेनले सानो स्वरमा विमलदालाई भने गुल्जारले बांङलाई एकदमै राम्रो बुझ्छ। उ बोल्न पनि सक्छ। यो किन भनिएको हो भने विमल र देबु दुवै बङ्गाली भएकोले उनीहरू बांलामा कुरा गरिरहेका थिए। यो कुरा गुलजारले पनि बुझ्छ भन्नको लागि देबु सेनले यसलाई अनुवाद गरेका थिए।

यसरी काबुलीवाला फिल्मको लागि विमल रोयले गुल्जारलाई आग्रह गरे संवाद लेख्नको लागि तर देबु सेनको कारण गुल्जारले विमल रोयको फिल्म ‘मेरा गोरा रंग लाइदे’ भन्ने गीत लेखे। जुन गीत नुतनको जीवनको एउटा महत्त्वपूर्ण गीत मानिन्छ। आशा भोसलेले गाएको बन्दिनी फिल्मको गीत हो।

बन्दिनीमा गुल्जारलाई ब्रेक दिनमा देबु सेनको अहम् भूमिका छ। अर्को प्रसङ्गमा पनि गुलजारले देबु सेनको चर्चा गरेका छन्। त्यो प्रसङ्ग हो समरेस बसु नामक लेखकका बारेमा। ‘अम्रिता कुम्भेर भन्ने एउटा कृति म अनुवाद गर्दै थिएँ। विमल दा बितेपछि र देबु सेनले मलाई पहिलो पटक यो कृतिसँग परिचय गराए। देबु सेन बङ्गाली समाजमा एउटा नेताको भूमिका गर्ने व्यक्ति हो। म उसँग त्यसमा सहभागी हुन्थे। उसले मलाई बङ्गाली पन चिन्नको लागि पनि धेरै सहयोग गर्याे।

समरेस बसुको यो कृति पनि मलाई देबु सेनले नै चिनाएको हो। जुनपछि यो अंग्रेजीमा ‘अनटाइम्ली स्प्रिङ’ अर्थात् ‘अकाल बसन्त’ नामबाट प्रकाशित भयो। यो कृतिसँग मलाई परिचित गराउने पनि देबु सेन नै हो।

गुल्जारका घनिष्ठ मित्र देबु सेन बासु भट्टाचार्य, गुल्जार जस्तै विमल रायका सहायक थिए। बिमल रोय जस्तो निर्देशकको साहायक भएर काम गरिरहेका देबु सेनको प्रकाश थापासँग भेट भएपछि प्रकाश थापाले नेपाली फिल्मको पटकथा संवादको लागि देबु सेनको सहयोग लिए। देबु सेनले प्रकाश थापापछि आएका निर्देशकहरुलाई समेत नेपाली फिल्मको कथा पटकथा संवाद हिन्दीमा लेखेर दिनमा सहयोग गरे।
यसको एउटा मूल कारण भनेको यो फिल्म कति बजेटमा बन्छ, कुनकुन सिन आवश्यक छ भन्ने कुरा देबु सेनलाई त्यो कुराको जानकारी हुन्थ्यो।
नेपालका चर्चित नायक विश्व बस्नेत, शिव श्रेष्ठ, भुवन केशीले अभिनय गरेका धेरै सफल फिल्ममा देवु सेनले त्यो बेला पटकथा संवाद लेखेका थिए। तर त्यो कलाकार स्वयम्लाई पनि थाहा हुने कुरा भएन। किनकि निर्देशकले बाहेक देबु सेनलाई कसैले भेटेकै हुँदैनथ्यो। देबु सेन फिल्म बनिसकेपछि कुनै पनि दृश्यमा पनि आउँदैनथे। उनको सर्त यो तयार थियो। उनी एक अमाउन्टको क्यास रकम लिइसकेपछि फिल्मबाट आउट हुन्थे।

नेपाली चलचित्र निर्माण कालमा नेपथ्यका सहयोगी भएर सहयोग गर्ने भारतीय चलचित्रकर्मीहरू मध्ये देबु सेनको योगदान पनि महत्त्वपूर्ण छ। तर जसको नाम काहीँ कतै कुनै पनि प्रसङ्गमा अहिलेसम्म उल्लेख भएको पाइँदैन। उनलाई गाली गरेको चाहिँ पाइन्छ।

नेपाली चलचित्रकर्मीहरूले चितवनमा गरेको चलचित्र गोष्ठी र दामनमा गरेको पटकथा लेखको प्रशिक्षणको क्रममा एक जना वरिष्ठ चलचित्रकर्मीले देबु सेनले गरेर हाम्रो चलचित्र उद्योग पहिलैदेखि बरबाद भयो भनेर भनेका छन्। देबु सेनलाई हामीले अपवादका रूपमा लिने कि सम्मानका रूपमा लिने त्यो हाम्रो आफ्नो आफ्नो विचार र ध्येय हो। तर देबु सेनले लिकमा नआएको चलचित्र उद्योगलाई पटकथा संवादको माध्यमबाट बाटोमा ल्याइदिनसम्म सहयोग गरेका हुन्। बाटो पछि बिगारेको त हामीले होला या त हामी बिग्रेको बाटोबाट हिड्यौँ होला। देबु सेनप्रति हार्दिक श्रद्धाञ्जली।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ९ : ५२ बजे

ट्रयाक्टर दुर्घटनामा विद्यार्थीको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक

सहकारी ठगी प्रकरणमा रविबारे छानबिन समितिको अडान कांग्रेसले नछाड्ने

काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा

बीमा व्यवसायमै दाग लगाएका चापागाईं किन चाहन्छन्‌ सेबोनको नेतृत्व ?

काठमाडौं । साविक बीमा समिति (हाल नेपाल बीमा प्राधिकरण) अध्यक्ष

शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम

तम्घास– गुल्मीको इस्मा गाउँपालिका–२ छल्दीमा रहेको पालुखा माध्यमिक विद्यालयले शैक्षिक

जसपा फुटेपछि कांग्रेसले भन्यो : माधव नेपाललाई प्रधानमन्त्री अफर गरिएको होइन

काठमाडौं– प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग मिलेर