इजरायलमा मारिएका ४ विद्यार्थीको शव भोलि नेपाल आइपुग्ने | Khabarhub Khabarhub

इजरायलमा मारिएका ४ विद्यार्थीको शव भोलि नेपाल आइपुग्ने


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

दोहा– ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत गत महिना मात्रै इजरायल पुगेका मध्ये दक्षिणी इजरायलको सेडोट नेगेव एग्रीकल्चर सेन्टर अन्तर्गत किवुज अलुमिम फर्ममा कार्यरत रहेको अवस्थामा प्यालेस्टाइनी आतङ्कवादी समूहको आक्रमणमा परी मृत्यु भएका १० मध्ये ४ जनाको शव भोलि बिहान नेपाल आइपुग्ने भएको छ ।

इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू आज राति पठाउन लागेको तेलअभिभस्थित नेपाली दूतावासले जनाएको छ ।

इजरायलमा मारिएका नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेश कुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको दूतावासले जनाएको छ। उनीहरूमध्ये न्यौपाने, धामी, विष्ट र चौधरीको शव नेपाल पठाउन लागिएको दूतावासले जनाएको छ ।

कानुनी प्रक्रिया पूरा भएका ४ विद्यार्थीको शव फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको र शव भोलि बिहान काठमाडौँ पुग्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बाँकी शव पहिचानको क्रममा रहेको दूतावासले जनाएको छ।

गत ७ अक्टोबरमा गाजास्थित हमास समुहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । आक्रमणमा परी घाइते भएका ४ मध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएकोमा एकजना नेपाल पुगिसकेको र अर्को एक जना दूतावासको हेरचाहमा रहेको जनाएको छ । 

बाँकी २ जनाको अस्पताल उपचार भैरहेको जनाएको छ । साथै, उपलब्ध संयन्त्रहरू गरी सम्पर्क बिहिन भएका बिपिन जोशीको खोजीकार्य भैरहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ९ : २० बजे

८१ वर्षको उमेरमा नागरिकता 

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका– १ की ८१ वर्षीया कालमाया

घृणा जगाएर अमर बनेका ‘शकुनी’

भारतीय टेलिभिजनको इतिहासमा एक यस्तो पात्र छन्, जसको एक मुस्कान,

सुख्खाग्रस्त मधेशमा वर्षा, किसानलाई राहत

महोत्तरी– लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसान वर्षा भएसँगै

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

सिरहा– सिरहाको माडर मुख्य भन्सारअन्तर्गत पर्ने बरियारपट्टी छोटी भन्सारले पछिल्लो

अकबरेखेती गरेका किसानलाई बजारको चिन्ता

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ शिवाङका ओमराज मगर बारीमा लहलह फलेको