लेक्स कियर नेपाललाई एनआरएनको सहयोग « Khabarhub

लेक्स कियर नेपाललाई एनआरएनको सहयोग


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायतमा अध्ययनरत एक १३ वर्षीया छात्राले नेपालमा कुकुरहरूको रेखदेख गर्ने एक संस्थालाई आर्थिक सहयोग गरेकी छन्। 

लण्डनस्थित रिभर एकेडेमीमा कक्षा ८ मा अध्ययनरत टिया आचार्यको सकृयतामा संकलित ५० हजार रुपैयाँ शुक्रबार काठमाण्डौंस्थित लेक्स कियर नेपालकी प्रमुख किरणरुपा मगरलाई हस्तान्तरण गरिएको छ।

बेलायतबाट सञ्चालित अनलाइन पोर्टल नेपालब्रिटेन डट कमको १६ औं वार्षिकोत्सवको अवसरमा संकलन भएको आर्थिक सहयोग गैरआवासीय नेपाली संघका नवनिर्वाचित सचिव भिम कमल केसी र सह कोषाध्यक्ष कृष्ण तिमल्सेनाले संयुक्त रुपमा लेक्स कियर नेपाललाई हस्तान्तरण गरेका हुन् । यसअघि टियाले बाग्लुङस्थित जगन्नाथ प्राविका शिक्षक तथा विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेकी थिइन्।

लेक्स कियर नेपालले सडकमा अल्पत्रपरेका कुकुरहरुको औषधि उपचार तथा रेखदेख गर्दै आएको छ । संस्थाकी प्रमुख थापाका अनुसार हालसम्म सडकमा रहेका ५ सय बढी कुकुरलाई लेक्स कियर नेपालले सेवा दिएको छ । लेक्स कियर नेपाल २ वर्षअघि स्थापना भएको हो ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  १२ : २४ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको