त्रिकोणात्मक श्रृंखला : नेपालद्वारा हङकङलाई २१४ रनको लक्ष्य « Khabarhub

त्रिकोणात्मक श्रृंखला : नेपालद्वारा हङकङलाई २१४ रनको लक्ष्य


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिकोणात्मक टी–२० आई क्रिकेट श्रृङ्खलाको तेस्रो खेलमा नेपालले हङकङलाई २१४ रनको विजयी लक्ष्य दिएको छ। मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनायो।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ९२ रन बनाए। यस्तै, दीपेन्द्र सिंह ऐरीले ५७ रन बनाए। हङकङविरुद्ध कमजोर सुरुवात गरेको नेपालको पारी कुशल र दीपेन्द्रले उकासेका थिए। 

४१ बलको सामना गरेका कुशलले ९ छक्का र ३ चौका प्रहार गरेका थिए।  ३४ बलको सामना गरेका दीपेन्द्रले २ छक्का र ६ चौका प्रहार गरेका थिए। 

नेपालका लागि आसिफ शेखले २० तथा कप्तान रोहित पौडेलले ११ रन बनाएका थिए । 

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  १ : ०० बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६